nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

औद्योगिक व्यवसाय विकास प्रतिस्थापनले थाहामा उद्यमशील कार्यक्रम ल्याउने

औद्योगिक व्यवसाय विकास प्रतिस्थापनले आगामी वर्षदेखि थाहा नगरपालिकामा पनि उद्यमशीलताका कार्यक्रम ल्याउने भएको छ ।

४ असारमा थाहा नगर उद्योग वाणिज्य संघको हलमा छलफल कार्यक्रम गरि प्रतिस्ठानका रामचन्द्र सुवेदीले यस्तो बताए । प्रतिस्ठानले प्रदेश नं ३ अन्तर्रगत मकवानपुरमा उद्यमशीलता विकासका कार्यक्रम गरिरहँदा मकवानपुरको थाहामा पनि उद्यम विकासका लागि कार्यक्रम ल्याउने भएको हो ।

छलफलमा व्यवसाय संचालन नगरेका सम्भब्य उद्यमीहरुलाई उद्यमशीलता मार्फत व्यवसाय तर्फ लाने, आधारभूत सीप सिकेर बसेकालाई एडभान्स सिपको विकास गर्ने, व्यवसायिक सुचना प्रदान गर्ने, व्यवसाय विस्तारमा सहयोग गर्ने, बजार व्यवस्थापन, कर तथा भ्याट सम्बन्धि जानकारी, जनशक्ति विकास, सहजकर्ता उत्पादन, संघसंस्था संग सहकार्य, व्यवसायिक सम्भाब्यता अध्ययन, सीप तालिम लिएर व्यवसाय गर्न नसकेकाहरुलाई व्यवसाय स्थापना गर्न सघाउ पुर्याउने लगायतका कार्यमा समन्वय र सहकार्य गर्ने जानकारी दिए । 


थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले कार्यक्रममा बोल्नुहुँदै नगरमा भएको व्यवसायीहरुले भोगेका समस्याहरुको पहिचान गरि व्यवसायीहरुको लेखा व्यवस्थापनमा समस्या, ऋण लिन गाह्रो, पुजी अभाव, लगायतका समस्या रहेकाले ती समस्याहरुलाई मध्यनजर गरि समाधानमा समन्वय र सहकार्य गर्न अनुरोध गरे ।


प्रेस सल्लाहकार कुमार नेगीका अनुसार प्रशिक्षार्थीहरुलाई तालिम दिनु भन्दा पहिला उद्यमशीलता भनेको के हो, उनका इच्छा के हो ? भन्ने पहिलो चरणको जानकारी दिएर मात्र तामिल दिएर उद्यमशीलता तर्फ जानू पर्ने सुझाव दिए । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।