Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

औद्योगिक ग्रामका लागि थाहा नगरसहित ३२ स्थानीय तहलाई ९२/९२ लाख बजेट

mou_SK4WB09Bk1-1579004960.jpg

स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउनको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका सहित अन्य स्थानीय तहहरुलाई बजेट उपलब्ध गराएको हो । 

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ अनुसार स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि २९ पौषमा पहिलो चरणमा ३२ स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो।  सरकारले नीति तथा कार्यक्रममा चार वर्षभित्र सबै स्थानीय तहमा औलोगिक ग्राम स्थापना गर्ने उल्लेख गरेको छ। आव २०७६र७७ को स्वीकर्त वार्षिक कार्यक्रमा सातवटै प्रदेशमा १० वटाका दरले औद्योगिक ग्राम घोषणा गर्ने कार्यक्रम राखेको थियो। चालु आर्थिक वर्षको ६ महिनामा सरकारले ३२ स्थानीय तहलाई रकम उपलब्ध गराए पनि यही आर्थिक वर्षभित्र थप केही स्थानीय तहमा रकम उपलब्ध गराउने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले जानकारी गराए।  

स्थानीय स्रोत साधन कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी लागू घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न औलोगिक ग्राम स्थापना गरिने उद्देश्‍यसहित यो कार्यक्रम संचालनमा ल्याउन थालिएको हो। औद्योगिक ग्राम सञ्चालनसम्बन्धी कार्यविधि २०७५ को आधारमा सरकारले यो रकम उपलब्ध गराएको हो। यो कार्यक्रमअन्तर्गत स्थानीय तह, प्रदेश र केन्द्र सरकारको लागत साझेदारी रहने छ। जसमा संघको ६० प्रतशित र प्रदेश तथा स्थानीय तहको ४० प्रतिशत लागत लाग्ने व्यवस्था गरिएको छ। पहिलो चरणमा यी स्थानीय तहले पाए रकम प्रदेश सरकारले छनोट गरेर पठाएअनुसार सोमबार ३२ स्थानीय तहमध्ये उपलब्ध २८ स्थानीय तहका प्रतिनिधिसँग सम्झौता गरेर चेक उपलब्ध गराइएको हो।

यस्तो छ स्थानीय तह र मन्त्रालयबीचको सम्झौता:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०