nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

ओखरबजारमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने

ambulance-pic-1541737149.jpg

नेपाल सम्वत् ११३९ सँगै थाहा नगरपालिकाको ओखरबजारमा नयाँ एम्बुलेन्स सेवा सञ्चालनको तयारी गरिएको छ । ओखरबजारका बासिन्दालाई निःशुल्क रुपमा सेवा प्रदान गर्ने गरी नयाँ एम्बुलेन्स सेवा सञ्चालनको तयारी गरिएको एम्बुलेन्स सेवाका लागि आर्थिक अभियान संचालकहरु मध्येका जर्म श्रेष्ठले बताए । 
नेपाल सम्वत् ११३९ र म्हः पूजा मनाउँदै गर्दा गाउँमा भेला भएका स्थानीय सामाजिक चिन्तक युवाहरुले गाउँमै एम्बुलेन्स सेवा सञ्चालनकोे अवधारणा ल्याएका हुन् । नेवार समुदायको बसोबास रहेको ओखरबजारमा युवाहरुले एम्बुलेन्सका लागि गाउँका प्रत्येक घरबाट रकम संकलन गर्ने, दाताहरुबाट सहयोग लिने र बैदेशिक रोजगारमा रहेका युवाहरुबाट रकम संकलन अभियान सञ्चालन गर्ने योजना बनाएका छन् । 
विहीबार एम्बुलेन्सका लागि छलफल गर्दैगर्दा करिब २ लाख रकम संकलन भएको थियो । आज शुक्रबार भाइटीकाको दिन विहानसम्म उक्त रकम बढेर ३ दाख पुगिसकेको अभियन्ता मध्येका विक्रम अमात्यले बताए । 
एम्बुलेन्स सेवा सञ्चालनका लागि हाललाई युवाहरुले सामाजिक अभियन्ता सुरेन्द्रमान प्रधानको संयोजकत्वमा सञ्चालक समिति (स्टिरिङ कमिटी) गठन गरेका छन् । त्यस्तै, आधिकारिक रुपमा ओखरबजार एम्बुलेन्स सेवा अभियान आइडी राखेर फेसबुक पेज समेत शुरु गरेका छन् । उक्त पेजमार्फत् आर्थिक अभियानलाई तीव्र पार्ने स्टिरिङ कमिटीले योजना बनाएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)