nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ्ग ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थल [ फाेटाेफिचर ]

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा रहेको चित्लाङ्गको प्रकृतिक शाैन्दर्यता र घरवासको व्यवस्थाले आन्तरिक पर्यटकको संख्या बढेको छ । विभिन्न शहरी भु भागबाट शान्त वातावरण, प्रदुषणरहित हावा तथा नेपाली खानाको स्जादका लागि धेरैको रोजाईमा पर्ने गरेको छ । काठमाडौको बल्खु कुलेखानी हुँदै करिब ६० किलोमिटरको दुरी पार गरेपछि पुगिने चित्लाङ्गको मनोरम दृश्यले धेरैलाई आनन्द प्रदान गर्छ ।

चित्लाङ्गमा स्थापना भएका घरबास अर्थात होमस्टेमा बिदा मनाउन जान आन्तरिक पर्यटकको घुईचो हुने गर्दछ । परिवारिक जमघट वा साथीसगँको समुहमा जानेका लागि राम्रो आवास तथा खानाको व्यवस्था रहेको छ । ग्रामीण परिवेश र कच्ची सडक भएपनि पानी नपरेको समयमा दुई वा चारपाग्रे सवारी साधनमा सजिलै पुग्न सकिन्छ ।

गाउँले परिवेशको घर वा रिसोर्टको समेत झल्को दिने संरचना, पूर्वाधार तथा सुविधा रहेको छ । प्रत्येक शुक्रबार वा सार्वजनिक बिदाका दिन घुम्न आउने पर्यटकको चापले त्यहाँका मानिसको जीवनस्तर उकास्नमा सहयोग पुगेको छ । एउटा ५ जनाको समुहले करिब ६ हजार ५ सय बराबरको रकम खर्चेर स्थानीय उत्पादनसहितको स्वादिस्ट खाना, सुविधायुक्त आवासको उपयोग गर्दै एक रातको समय बिताउन सकिन्छ । धेरै नेवारी तथा तामाङ्ग समुदायको बाहुल्यता रहेको चित्लाङ्गको अतिथि सत्कार तथा बिदाईको पनि आफ्नै शैली रहेको छ ।
चित्लाङ्ग भ्रमण पछि धरैले नयाँ उर्जा प्राप्त गरेको अनुभुती गरेका छन् ।

मकवानपुर जिल्लामा पर्ने चित्लाङ्ग नेपालको धेरै साशन र साशकहरुको साक्षी गाउँ हो। यो लिक्षविकालदेखिको प्रमाण हो। राजा अंशु वर्माले गोठालाहरुलाई उपहार दिइएको भनिएको यो धर्तिको टुक्रा पछि कालान्तरमा एउटा पर्यटकिय गाउँ बन्न सफल भएको छ। तामाङ, खस, नेवार र अन्य धेरै जात जातिको बसोबास थलो चित्लाङ्ग झट्ट हेर्दा भुटानको पारो भ्याली जस्तै छ। तीन तिर हरिया पहाडले ढाकिएको र बिचमा समथर उब्जाउसिल घना फाँट छ।

चित्लाङ्गमा द्वापर युगमा सप्तऋषीहरुले नुहाउने सप्तऋषी धारामा नुहाउन सकिन्छ। एक घण्टाको दुरीमा रहेको इन्द्र सरोवरमा डुंगा सयेर गर्न पाउनु पनि चित्लाङको प्रमुख फाईदा हो। त्यसो त चित्लाङबाट नजिक पर्ने अर्को स्थान हो चन्द्रागिरी हिल्स ! तपाइले घुम्न को लागि आफैले पनि पर्फेक्ट प्याकेज बनाउन सक्नुहुन्छ , चन्द्रागिरी टु चित्लांग , चित्लांग टु इन्द्र्सरोबर ! 

वि.सं. ३१६ ताका सम्राट अशोक द्वारा निर्मित अशोक चैत्य, भगवान शिव सम्झेर फागु पूर्णिमामा फागु मेला भरिने प्रख्यात भाले बास डाँडो अनि कुनै समय महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो यात्राको क्रममा थाकेर चित्लाङको एउटा पधेंरोमा पानी पिएर थकाई मार्दै गर्दा देखिएका एक हूल भारतिय तिर्थ यात्री जो पशुपतिनाथको मेला भर्न आउँदै थिए, उनिहरुको प्रत्यक्ष यात्रालाई वर्णन गरि रचिएको अमर कविता “कुन मन्दिरमा जान्छौं यात्रि … चित्लाङ्गका विषेशता बनेका छन्।



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।