Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ऐतिहाँसिक ठाउँलाई सरकारले चासो दिएनः–वडाध्यक्ष श्रेष्ठ

parashuram-1535103856.jpg

ऐतिहाँसिक ठाउँलाई सरकारले चासो नदिँदा संरचनाहरु भग्नावशेस अवस्थामा रहेको थाहा नगरपालिका वडा नं ९ का वडाध्यक्ष परशुराम श्रेष्ठले बताए । थाहा नगरपालिकाको ऐतिहाँसिक र पर्यटकिय स्थान थाहा नगरपालिका वडा नं ९ चित्लाङमा पहिले राजा महाराजाहरु, राणाहरु बस्ने भएकाले हाल पनि राजा बस्ने घरहरु र त्यहाँ हात्ती बान्ने हात्तीसार, पुरानो मठमन्दिरहरु, कृतिम दरवारहरु लगायत रहेको बताउँदै सरकारले बृद्धबृद्धाहरुलाई बृद्धभत्ता वितरण गर्दछ तर त्यो ठाउँमा सरकारले चासो समेत नदिएको भन्दै दुःख व्यक्त गरे । विकास संवाददाता सँग कुराकानी गर्दै वडाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
    चित्लाङ पुरानो ऐतिहाँसिक ठाउँ भए पनि सरकारको ध्यान नजानुको कारण पुराना ऐतिहाँसिक महत्वका बस्तुहरुको दुर्लभ हुँदै जान सक्ने वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ । थाहा नगरपालिकाको पर्यटकिय स्थानहरु मध्येको एक महत्वपूर्ण गन्तव्यको रुपमा चित्लाङ रहे पनि इतिहाँस जोगाउने किसिमको कदमहरु भने खासै चालिएको पाईदैन ।

वडाध्यक्ष श्रेष्ठका अनुसार चित्लाङमा भएको पर्यटकिय दृश्य र ऐतिहाँसिक महत्वका कारण केही समयदेखि पर्यटकहरु भित्रिने गरिए पनि ऐतिहाँसिक संरचनाहरुको भग्नावशेषको कारण आएका पर्यटकहरुको सुरक्षामा समेत जोखिम रहेको बताए । पर्यटकहरुको आवागमणमा बृद्धि भए पनि भग्नावशेष अवस्थाका पुरातात्विक सम्पदाहरुको कारण पर्यटकहरु दुर्घटनामा परेमा एम्बुलेन्सको समेत व्यवस्था नभएको कारण पर्यटनको विकासमा समस्या भएको बताए ।
उनका अनुसार त्यस्ता भग्नावशेषको अवस्थामा रहेको पुरातात्विक सम्पदाहरुको कारण चित्लाङवासीहरुको जनजीवनमा पनि धेरै समस्या आइरहेको छ । 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।