nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एसइईमा मकवानपुरबाट ५ हजार ९ सय ७७ सहभागी हुने

१० चैत्रबाट सुरु हुने एसइइ परीक्षाको मकवानपुरमा सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जानकारुी दिएको छ ।

मकवानपुरमा रहेका दश वटा स्थानीय तहमा २४ ओटा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरबाट यो बर्ष ५ हजार ९ सय ७७ जना परिक्षार्थी सहभागी रहने इकाइ कार्यालयले बताएको छ । जस मध्ये एक सय ४८ जना प्रबिधिक तर्फका बिद्यार्थी छन भने ६७ जना बिद्यार्थिले ग्रेड बृदीका लागी परीक्षा परिक्षा दिदै छन ।

२४ जना केन्द्राध्यक्ष खटाइएको इकाइ कार्यालयकि परिक्षा शाखा प्रमुख सिता अर्यालले बताउनु भयो । परिक्षालाइ ब्यबस्थीत र मर्यादित बनाउनको लागी आफुहरुले प्रहरी संग समन्वय गरेर प्रश्न पत्रहरुको बिशेष सुरक्षा समेत गरीने जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कृष्ण प्रसाद घिमिरेले बताए ।

बिशेष बिद्यार्थीहरुलाइ बिद्यालयको सिफारिसको आधारमा डेढ घण्टा सम्म समय थप गर्न मिल्ने ब्यबस्था रहेको समेत उनले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg