nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एसइइ परीक्षा आजबाट, मकवानपुरमा अघिल्लो वर्षभन्दा परीक्षार्थी घटे

यहि ८ चैत्र बिहिबारबाट सुरु हुने एस।ई।ई। परिक्षाको लागी थाहा नगरपालिका लगायत इन्द्रसरोवरको परिक्षा केन्द्रहरुमा ब्यवस्थापन कडा पारिएको छ । थाहा नगरपालिकाको उत्तरी क्षेत्रमा थाहा नगरपालिकामा जनकल्याण माध्यमिक बिद्यालय, बज्रबाराही माध्यमिक बिद्यालय र मत्स्यनारायण माध्यामिक बिद्यालय गरि ३ वटा बिद्यालयमा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

यस्तै इन्द्रसरोवर गाउँपालिकामा भने साबिक फाखेल गा।बि।स, सिस्नेरी गा।बि।स। र कुलेखानी गा।बि।स। गरि ३ वटा गा।बि।स।का ७ वटा बिद्यालयको परिक्षा केन्द्रको रुपमा सरस्वती बाल बोधिनी माध्यमिक बिद्यालय मार्खुलाइ निर्धारण गरिएको छ । जनकल्याण माध्यामिक बिद्यालयमा थाहा नगरपालिकामा पनि ७ वटा बिद्यालयको परिक्षा केन्द्र निर्धारण गरिएको छ । जनकल्याण मा।बि। मा कमलादेबी मा।बी। छ्याङ्दुङ्ग, इन्द्रायणी मा।बि। मोरिया, सरस्वती मा।बि। देउखेल, सुन्दरी देबि मा।बि। डाडाबास, झम्केश्वरी मा।बि। ओखरबजार, लेकाली बँसीफाट मा।बि। भिमफेदी गाउँपालिका ९ लगायत गरि जम्मा ७ वटा बिद्यालयका २०२ जना बिध्यार्थीहरुले बिहिबार परिक्षा दिदैछन । 

यस्तै इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा रहेको सरस्वती बालबोधिनी मा।बि।मा बज्रबाराही मा।बि। थाहा ६, नटेश्वर मा।बि। टौखेल, स्वच्छन्द भैरव मा।बि। चिट्लाङ, कालिदेबी मा।बि। चखेल, महाचुनी मा।बि। फाखेल, पञ्चकन्या मा।बि। कुलेखानी र बत्सलादेबी मा।बि। सिस्नेरी गरि ७ वटा बिद्यालयका २ सय ४९ जना बिध्यार्थीले परिक्षा दिदैछ्न । थाहा नगरपालिकाको बज्रबाराही मा।बि। र मत्स्यनारयण मा।बि।मा पनि क्रमश १९६ र १२८ जना बिध्यार्थीहरु परिक्षामा सहभागी हुने जनाइएको छ ।

बिहिबार हुने परिक्षाको लागी सम्पुर्ण तयारी पुरा हुनुका साथै आन्तरिक र बाह्य कडा सुरक्षाको ब्यवस्था गरिएको मार्खु परिक्षा केन्द्र सरस्वती बालबोधिनी मा।बि। का प्रधानाध्यापक तथा केन्द्राध्यक्ष दिपक बिष्टले बताए ।

यता जनकल्याण मा।बि।मा पनि सुरक्षा लगायत अन्य ब्यवस्थापन पुरा भएको र गतबर्ष भन्दा अत्यन्त नमुनाको रुपमा परिक्षा संचालन हुने बिद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष सानोभाइ कार्कीले बताए । साथै उनले अनिवार्य रुपमा प्रवेशपत्र लिएर आउने, बिद्यालय पोसाक अनिवार्य लगाउनु पर्ने, अमर्यादित रुपमा निषेधित गरिएको बस्तु नल्याउन र आफ्नो बिद्यालयमा जस्तै सोचेर परिक्षा दिनका लागि बिध्यार्थीहरुमा आग्रह समेत गरे । बिध्यार्थीहरुलाइ सचेत गराउदै मर्यादा बिपरित गरिएको पाइएमा सजाय दिलाउने समेत बताए ।

थाहा नगरपालिकाको ३ वटा केन्द्रमा र इन्द्रसरोवर गाउपालिकाको १ वटा केन्द्रमा लगायत मकवानपुर जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्ला भर बिहिबार नियमिततर्फ प्राविधिक र साधारण दुबैगरि ६ हजार १ सय ७२ जना विद्यार्थीहरु सहभागी हुदै छन् ।

यस्तै एक्जाम्टेडतर्फ १ सय २४ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने १ सय ८० जना विद्यार्थी परीक्षा दिन अयोग्य रहेको शिक्षा कार्यालयले जनाएको छ । मकवानपुर जिल्ला भर यस पटक २४ वटा परिक्षा केन्द्र रहेका छन् । चैत्र ८ गते बिहिबार देखि सुरु हुने एसईई परीक्षा दिने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा यसवर्ष १२ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।