Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एस.इ.इ मा दुई हातले समातेर कलम चलाउदैँ अनिता

IMG_20180323_093522-1522133681.jpg

दुबै हातले कलम समतेर लेख्छु भन्नेकुरा झट्ट सुन्दा पट्याउनै गाह्रो हुन सक्छ र झट्ट हेर्दा अचम्म लाग्न सक्दछ तर यो बास्तबिकता हो । दुबै हातले कलम समाउदै अपाङ्गताको बाबजुद पनि एस.इ.इ.परिक्षा दिइरहेकी अनिता मोक्तान मात्र १८ बर्षकी भइन । पकनेमा जन्मिएकी उनि जन्मजात नै अपाङ्ग रहेको बताउछिन । “जन्मजात नै दुबै हातका औंलाहरु जोडिएका थिए, पछि उपचार गरेर देब्रे हातको एउटा औं बुढीऔंला फटाइएको हो, परिवारका सबै सदस्यहरुले मेरो दुबै हातको औंला उपचार गरि फटाउने भनेका थिए तर परिक्षा नजिकिए पछि समस्या हुन्छ भनेर मैले मानिन, “अनिताले भनिन । पकनेको ब्यास माध्यामिक बिद्यालयमा अध्ययन गरेकी उनि हाल थाहा नगरपालिका वडा नं २ फाँट बजारमा रहेको मत्स्यनारायण माध्यामिक बिद्यालय परिक्षा केन्द्रमा एस.इ.इ. परिक्षा दिइ रहेकी छिन । बिभिन्न बिद्यालयका बिध्यार्थीहरु सङ्ग सङ्गै बसेर एस.इ.इ.परिक्षा दिइरहँदा आफुलाइ कुनै अप्ठ्यारो भने नलागेको उनि बताउछिन । अनिताले नै साथीहरूसङ्गै बसेर परिक्षा दिने इच्छा जनाए पछि उनको लागि छुट्टै ब्यवस्था नगरेको मत्स्यनारायण माध्यामिक बिद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष बिष्णुहरी ढकालले बताए । “सुरुमा त हामीले अपांग भनेर जानकारी नै पाएनौ, सम्बन्धित बिद्यालयले पनि कुनै जानकारी गराएन, परिक्षा दिदै गर्दा थाहा भएपछी हामीले सोध्यौ केहि समस्या र अप्ठ्यारो भए छुट्टै ब्यवस्था गर्छौ भन्दा सबै ठिकै छ केहि समस्या छैन तर समय चाइ थप गरिदिनु भनेपछी १५ मिनेट थप गरिदियौ“ केन्द्राध्यक्ष बिष्णुहरी ढकालले भने ।

 “दुबै हातले समातेर चम्चाले खाना खान्छु, जुन काम पनि आफै गर्छु तर खेतीको काममा घास काट्न र कुट्टो कोदालो गर्न चै सक्दिन,“ उनले बताइन । सामान्य परिवार भए पनि आफुलाई सबैले माया गर्ने भएकोले आफ्नो अशक्तता प्रती कुनै गुनासो नरहेको उनको भनाइ छ । “बिद्यालयमा पनि सबै गृहकार्य र कक्षा कार्यहरु आफैले नै गर्छिन, सरले सेतोपाटीमा लेखिदिएको नोटहरु पनि आफै सार्छिन“ उनका साथी सुशीला थोकरले कुराकानीमा बताइन । उनि भन्छिन पहिला धेरै ट्यालेन्ट थिइन तर अहिले अनिता पढाइमा अलि कमजोर छ, हामी एउटै बेन्चमा बस्ने साथी हौं ।

खाना बनाउने, भाडा माझ्ने, नुहाउने, लुगा धुने, घर भित्रको काम सम्पुर्ण कामहरु समेत गर्ने बताउदै अनिता भन्छिन घास काट्न र कुट्टो कोदालो गर्ने खेतीको काम भने गर्न र्गाहो हुन्छ । ’ख’ बर्गको अपांगताको परिचय पत्र भए पनि अपाङ्गता भए बापतको कुनै पनि सेवा सुबिधाहरु आफु यो उमेरको भै सक्दा पनि कुनै सेवा सुबिधा नपाएको उनले गुनासो गरिन ।

बाबु राम बहादुर मोक्तान र आमा कान्छीमाया मोक्तानको साथमा सम्पुर्ण परिवारको माया र साथ पाए पनि अपाङ्गताले गर्दा साथीहरूले के हि भन्छ कि जस्तो लागिरहन्छ, उनले भनिन १२ कक्षा सम्म जसरी पनि पढ्ने मन छ, अलि धेरै इच्छा पत्रकारितामा पनि छ तर र्गाहो हुन्छ भन्छन, आफुलाई त झन धेरै र्गाहो नै हुन्छ होला ।  डाक्टरका अनुसार एउटा हातको ५ वटा र अर्को हातको ४ वटा औंला फटाउन मिल्छ । “परिक्षा सकिए पछि परिवारका सबै सदस्यहरुले दुबै हातको औंला उपचार गरि फटाउने भनेका छन तर आफुलाइ भने मन लागेको छैन, किनभने धेरै दुख्छ र्गाहो हुन्छ “अनिताले भनिन । 


अपाङ्गताको कारण दुबै हातले सहज रुपमा काम गर्न असक्षम अनिताले हिम्मत भने नहारेको बताउछिन । अनिताले पढ्ने धेरै इच्छा हुँदा पनि लेख्नको समस्याको कारण आफुलाई अप्ठ्यारो परेको सुनाउछिन ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।