nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एम्बुलेन्स खरिदका लागि ७ लाख बढी सङ्कलन

download-1477037708.png

प्रवासमा रहेर पनी आफ्नो जन्मभुमी कर्मभुमी लाई माया गर्ने हाँडीखोला गाविसका युवाहरुले एम्बुलेन्स खरिदका लागी लाखौं रुपैंया संकलन गरेका छन् । रोजगारीको सिलसिलामा प्रवासमा रहेका युवाहरुले हाँडीखोला प्रवासी समुह गठन गरेर एम्बुलेन्स खरिदका लागी हालसम्म ७ लाख रुपैंया संकलन गरिसकेको हेटौंडाबाट रेडियो निकासले खबर पठाएको छ ।
हाँडीखोला स्वास्थ्य चौकिलाई हस्तान्तरण हुनेगरि एम्बुलेन्स खरिद अभियानमा बिश्वभरबाट बिभिन्न मुलुकमा रहेका हाँडीखोलाको युवाहरु आर्थिक सहयोग गरेको हाल कोरिया रहनुभएका हाँडिखोला ६ का समाजसेवी एवम् हाँडीखोला प्रवासी समुहका अभियान्ता संजिव पाठकले जानकारी दिए । गाँविसमा एम्बुलेन्स नहुँदा धेरैं बिरामीले अकालमा ज्यान गुमाउनु परेको ले एम्बुलेन्स खरिद गर्ने अभियान शुरु गरिएको पाठकले बताउनुभयो । अचानक दुर्घटना परे अथवा कोही गम्भिर बिरामी परे हेटौंडादेखी एम्बुलेन्स बोलाएर बिरामी अस्पताल लैंजानु पर्ने बाध्यताको हाँडीखोला प्रवासी समुहले अन्त्य गर्ने पाठकले प्रतिबद्धता व्यक्त गरे ।    
बेलायत निबासी चिरञ्जीवी ढकालले संयोजन गर्नुभएको उक्त अभियानमा विश्वको कुना कुनामा रहेका हाँडीखोलाका युवाहरुलाई यस अभियानमा जोड्न र समन्वय गर्न हाडीखोला प्रबासी समूह को अभियान्ता कोरियाबाट संजिब पाठकको सक्रियता रहेको छ । उक्त अभियानलाई घनिभुत रुपमा सफल पार्न पहिलो चरणमा नेपालमा रहेको हिमालयन बैंक खाता नं ०११०६०६०२५००१८ ज्योतिराज लुइँटेल, अनन्त प्रकाश अर्याल र अर्जुन पुडासैनिको संयुक्त खातामा कोरिया बाट १० जना हाडीखोलाको युवाहरुले एकमुष्ट रकम १ एक लाख १४ हजार ८ सय बैंक दाखिला गरि आर्थिक सङ्कलन अभियानको शुभारम्भ गरेका छन ।
    हाडीखोला प्रबासी समुहले यस अघि हाडीखोला स्वास्थ चौकीलाई ८ लाख रुपैंया बराबरको भिडियो एक्सरे मेसिन पहिलो कोसेली स्वरुप हस्तान्तरण गरि सकेको छ । उक्त अभियान देखि नै विभिन्न मुलुकमा अनलाइन मार्फत युवाहरु सहयोग सङ्कलन मा सक्रियताका साथ जुटिरहेका छन । कोरिया बाट पाठकले समन्वय गर्नु भएको प्रबासी समुहमा जापान बाट श्रीराम रिजाल र धिरज पौडेल अमेरिका बाट बुद्धिमान वाइबा, अस्ट्रेलिया बाट राजकुमार अधिकारी, साउदी बाट सुदर्शन अधिकारी र अखिल पुडासैनि, कतार बाट प्रकाश सापकोटा, दुबई बाट केशव पाठक र नारायण प्रसाद पौडेल लगायतकाको अभियानमा सक्रियता रहेको छ । एम्बुलेन्स हाडीखोला स्वास्थ चौकीको नाममा खरिद गरिने पाठकले बताए ।