Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

एमेजनलाई साढे ८८ करोड डलर जरिवाना

amazoneecompany_202003310-1627893121.jpg

एमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको डेटा सुरक्षासम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तिर्न भनिएको छ। त्यस्तो जरिवाना लक्जेम्बर्गको डेटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो। उक्त निकायले सो विशाल प्रविधि कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डेटाहरू प्रशोधन गरेको दाबी गरेको छ। 

एमेजनले भने तिर्नुपर्ने उक्त जरिबाना तथ्यमा आधारित नरहेको बताउँदै आफूले जोडदार रूपमा प्रतिरक्षा गर्ने जनाएको छ। कम्पनीका एक प्रवक्ताले भने डेटाको कुनै दुरुपयोग नभएको बताएका छन्।

ईयूको साधारण डेटा सुरक्षासम्बन्धी निर्देशिकाले कम्पनीहरूले मानिसका स्वीकृतिमा मात्र उनीहरूको व्यक्तिगत विवरण लिन सक्ने वा चर्को जरिबाना सामना गर्नुपर्ने जनाउँछ। सीएनपीडी भनिने लक्जेम्बर्गको डेटा सुरक्षा निकायले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको हो।

ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला त्यस्तो निर्णय आएको हो। साना व्यवसायहरूले ठूला कम्पनीहरूले आफ्ना बजारको शक्तिलाई दुरुपयोग गरेको भन्दै उजुरीहरू समेत दिएका छन्।

जुन महिनामा द वालस्ट्रीट जर्नल पत्रिकाले ईयूको गोपनीयतासम्बन्धी कानुनका कारण एमजनमाथि ४२.५ करोड डलरसम्म जरिबाना हुन सक्ने लेखेको थियो।

एमेजनकी एक प्रवक्ताले सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा सुनिश्चित गर्नु आफूहरूको उच्च प्राथमिकता भएको बताएकी छन्।

'त्यहाँ कुनै डेटाको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रोप क्षलाई दिइएको छैन,' उनले भनिन्। 'यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन्।' उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वओकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताएकी छन्।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg