nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुर गयो नयाँ संरचनामा

नेकपा एमाले मकवानपुरले पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समितिबाट सिफारिस गरिएको गाउँपालिका र नगरपालिकालाई केन्द्रलाई समर्थन गरेर अघि बढ्ने  बनाउने बताएको छ । नेकपा एमाले मकवानपुरले पार्टीको केन्द्रीय कमिटिद्वारा सञ्चालित संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि एमाले मकवानपुरको सम्पन्न छैठौं बैठकले निर्णय गरेको छ । एमालेले–‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधान कार्यान्वयन एमालेको अभियान’ नारा तय गरेको छ ।

एमाले मकवानपुरको बैठकबाट अभियानका संचालनका लागि मकवानपुरका प्रस्तावित नगरपालिका र गाउँपालिका अभियान संयोजक र उपसंयोजक तोकेको छ । एमालले मकवानपुरको थाहानगरमा संयोजक विष्णु ढकाल र सहसंयोजक रामचन्द्रलाई तोकेको छ भने इन्द्रसरोवर गाउँपालिकामा संयोजक मदनकुमार दाहाल, सहसंयोजक हिदम लामालाई ताकेको छ । त्यस्तै भीमफेदी गाउँपालिकामा संयोजक श्रीधर पोखरेल, सहसंयोजक भगवती पुडासैनी, कैलाश गाउापालिकामा संयोजक लालबहादुर थापा, सहसंयोजक गौतमबुद्ध लामालाई तोकेको छ ।

यसैगरी बाग्मती गाउँपालिकामा संयोजक अणराज जर्घामगर, सहसंयोजक तिलक अधिकारी, बकैया गाउँपालिकामा संयोजक कमल विष्ट, सहसंयोजक अनिल बानियाँ, हर्नाहटिया विशेष इलाका कमिटी संयोजक गोपाल श्रेष्ठ, सहसंयोजक पद्मा पौडेल, पूर्वीनगर विशेष इलाका कमिटी संयोजक हरिबहादुर महत, सहसंयोजक गायत्री सुवेदी, पश्चिम विशेष इलाका कमिटी संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक फुर्वा दोर्जे लामा, मकवानपुरगढी संयोजक बद्रिप्रसाद लम्साल, सहसंयोजक नवीन सिग्देल, राक्सिराङ संयोजक गोविन्द चेपाङ, सहसंयोजक नवराज सुवेदी तोकिएकाछन् ।

बैठकले मनहरी संयोजक मिना लामा, सहसंयोजक राजाराम स्याङ्तान, मोर्चा संगठन  संयोजक जुनेली श्रेष्ठ, सहसंयोजक सुनिल मुक्तान, पेशागत विशेष इलाका कमिटी संयोजक टिपी रुपाखेती, सहसंयोजक शार्दुल शर्मा, मजदुर विशेष इलाका कमिटी संयोजक मधुसुधन खतिवडा, सहसंयोजक अर्जुन ढुङ्गेल तोकिएको छ । 

अभियानका टोलीमा जिल्ला सदस्यहरु, निर्वाचन कमिटी र लेखा कमिटीका सदस्यहरु, जिल्ला विभागका सदस्यहरु, पार्टी नगर, इलाका कमिटीका सदस्यहरु, शाखा कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्षहरु रहने जिल्ला कमिटीका सचिव एकालाल श्रेष्ठले बताए । बैठकले केन्द्रीय सल्लाहकार सदस्य ललित बस्नेतको संयोजकत्वमा १५ सदस्यीय अभियान अनुगमन समिति समेत गठन गरिएको एमाले मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)