Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरको सबै क्षेत्रमा उमेदवार सिफारिश 

आउँदो २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाका सबै क्षेत्रमा उमेदवार सिफारिश गरेको छ । एमाले मकवानपुरले बुधबार जिल्लाको ४ वटै प्रदेश सभा सदस्य निर्वाचनका लागि उमेदवार सिफारिश गरेको थियो भने १९ असोजमा २ वटै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवार सिफारिश गरेको हो । 

सिफारिश गरिएकामध्ये प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश नं. १ निवाचन क्षेत्रमा मात्र सर्वसम्मत् एक जना छन् । एमाले केन्द्रीय कमिटीले प्रत्येक क्षेत्रबाट कम्तिामा १ जना महिला पर्ने गरी ३ जना आकांक्षीको नाम सिफारिश गर्न जिल्लालाई निर्देशन दिएको थियो । सोही अनुसार सर्वसम्मत् हुन नसकेका क्षेत्रम ३ जना सिफारिश गरेको छ । १९ असोजमा हेटौंडामा बसेको छुट्टा छुट्टै निर्वाचन क्षेत्रस्तरीय बैठकले क्षेत्र नम्बर १ का लागी कृष्णप्रसाद दाहाल, अनन्त पौडेल र चन्द्रकला ढुंगानाको नाम सिफारिश गरेको छ । 

यसैगरी एमाले मकवानपुरले क्षेत्र नंबर २ का लागि बिरोध खतिवडा, ठाकुराम खड्का र सुभाषचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय कमिटिले निर्देशन गरे बमोजिम एक महिला सहित ३ जना उम्मेद्वारको लागि सिफारिस गर्नुपर्ने भए पनि क्षेत्र नम्बर २ मा महिला आकांक्षि नरहेकाले तीन जना पुरुषकै नाम सिफारिस गरिएको बताइएको छ । 

प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत क्षेत्र १ मा बद्रि लम्साल, रामचन्द्र राई, कमल विष्ट, कृष्णप्रसाद चौलागाई, अणराज जर्घामगर, मदन दाहाल र सीता विष्टलाई सिफारिश गरिएको छ । 

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट डोरमणि पौडेल, श्रीधर पोखरेल र गायत्री सुवेदीको नाम सिफारिस भएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क्षेत्र १ मा रामेश्वर रानाको नाम सर्वसम्मत उम्मेदवारका रुपमा पठाइएको छ । क्षेत्र नं. २ बाट फटक बहादुर (पीबी) गोले, राजाराम स्याङ्तान, दुर्गा सुवेदी र महेश बर्तौलाको नाम सिफारिस गरिएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)