nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेविरुद्व खनियो मधेसी मोर्चा, देशव्यापी संघर्ष गर्ने निर्णय

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संसोधन प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 
मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नरहेको भन्ने एमाले सहितका विपक्ष दलहरुको अभिव्यक्ति मुलुकको राष्ट्रिय अखण्डता बिगार्ने गरी आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
काठमाडौको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा विहिबार बसेको मोर्चाको बैठकले राष्ट्रियताको नाममा विपक्ष दलहरुले राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरिरहेको निष्कर्ष समेत निकालेको छ ।
बैठकले संविधान संशोधन प्रस्ताव संशोधनसहित पारित गराउन सरकार लागि नपरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेको छ ।
बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कमजोर हुने भन्दै आपत्ति जनाए । उनले मधेसी, आदिबासी र अल्पसंख्यकका विरुद्धमा दिएका अभिव्यक्तिले मुलुकलाई प्रतिगमततर्फ धकेल्ने जिकिर पनि गरे ।

अध्यक्ष यादवले आफूहरु सडक आन्दोलनमा रहेका बेलामा संसदमा आएर छलफल गर्न आग्रह गर्ने दलहरु समस्या समाधानका लागि संविधान संसोधनको प्रस्ताव ल्याउँदा आफैं आन्दोलनमा जानु दुखद भएको टिप्पणी गरे । उनले प्रतिपक्षीले बिरोधका नाममा संसद बैठक अवरुद्ध गरेर संसदीय प्रक्रिया अलपत्र पार्न नहुने तर्क पनि गरे ।

देशव्यापी संघर्ष गर्ने निर्णय
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधन प्रस्ताव पारित गराउनको लागि दवाव दिन देशव्यापी संघर्षका कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ। सो कार्यक्रम मधेसी मोर्चाले अघि सारेको १० प्रदेशको अवधारणा अनुसार हुने एक नेताले बताए ।
यद्यपी मोर्चाले कहिलेबाट संघर्षका कार्यक्रम सञ्चालन गर्ने बन्नेबारे भने केहि खुलाएको छैन ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले मुलुकलाई टुक्रयाउने सम्मको चेतावनी विपक्षी एमालेसहितका दलहरुले दिएपछि मोर्चा आक्रोसित बनेको छ ।
मोर्चाले संविधान संशोधनको माग गर्दै आएको छ भने मोर्चाकै मागअनुसार सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको हो । तर, प्रस्तावविरुद्ध एमालेले सडक र सदन दुबै तर्फबाट विरोध गर्दै आएको छ । राताेपाटीबाट