Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमालेले छान्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (सूचीसहित)

नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २ र ४ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।

प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् ।

एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ ।

अनलाइनखबरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०