nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमडीआई–नेपाललाई दश हजार पाउण्डको प्रोत्साहन पुरस्कार

मकवानपुरको कृषि वन व्यवस्थापन तथा वातावरणको क्षेत्रमा काम गरेको भन्दै मनहरी विकास संस्था नेपाल (एमडीआई नेपाल) युके एडले प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । 
राजधानी काठमाडौँमा भएको कार्यक्रममा जलबायु परिवर्तनको क्षेत्रमा काम गरेका ५९ वटा संस्थाहरुले प्रतिस्पर्धा गरेकामध्ये छानिएका १५ वटामा एमडीआई नेपाल पनि परेको हो । पुरस्कारको राशि १० हजार पाउण्ड अर्थात नेपाली रकम १३ लाख ६३ हजार रुपियाँ रहेको छ । 
युके एडको आइडियाज टू इम्प्याक्ट कार्यक्रममार्फत प्राप्त पुरस्कार नेपाल सरकारका जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले एमडीआईका कार्यकारी अध्यक्ष खोपनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । 
मकवानपुरमा डेढदशकदेखि एमडीआई नेपाल कृषि वनमार्फत वन संरक्षण तथा आयमूलक बिरुवा रोपेर बिपन्न समुदायको आयस्तर बृद्धिका लागि क्रियाशील छ । जिल्लाका उत्तर पश्चिम क्षेत्रका गाविसहरुमा चेपाङ÷तामाङ समुदायलाई लक्षित गरी एमडीआईले काम गर्दै आइरहेको छ । यसअघि पनि एमडीआईले १ लाख डलरको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । पुरस्कार प्राप्त भएपछि मिहेनतको फल आएको भन्दै कार्यकारी अध्यक्ष श्रेष्ठले खुसी व्यक्त गरे । 
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com