Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एभरेष्ट पानोरमा रिसोर्ट निलम्बन [निलम्बन पत्र सहित]

panaroma-Reshort-1581414231.jpg

आठ जना भारतीय पर्यटकको निसास्एिर ज्यान जानेगरी घटना भएको मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरोमा रिसोर्ट निलम्बनमा परेको छ । नेपाल सरकार सचिवस्तरबाट २६ माघमा निर्णय गरी रिसोर्ट निम्बन गरिएको हो । अब रिसोर्टमा होटल रिसोर्ट तथा बार सम्बन्धी तीन महिनासम्म कुनै पनि कार्य गर्न पाइने छैन । 

गत ६ माघमा साँझ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्एिर मृत्यू भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको हो । 

वि.सं. २०७० चैत्रबाट फ्च्र्यूना इन्टरनेशनल कम्पनीले संचालन गरेको उक्त रिसोर्ट पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर वर्गिकरण समेत नगराएको, रिसोर्ट संचालनको क्रममा प्रयाप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी पाइएको निलम्बन पत्रमा उल्लेख छ । 

पर्यटकको मृत्यू भए लगतै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरी घटनाको अनुसन्धान गराएका थिए ।

अबको तीन महिनापछि रिसोर्ट संचालन प्रक्रिया पु¥याएर मात्र संचालन गर्न निलम्बन पत्रमा भनिएको छ । पर्यटन ऐन, २०३५ होटल, लज, रेष्टुराँ तथा रिसोर्ट बार तथा पथ प्रदर्शन नियमावली, २०३८ र होटल वर्गीकरण तथा मापदण्ड सम्बन्धी सरकारले २०७६ पौष ७ गते प्रकाशित सूचना अनुसरण तथा प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण÷वातावरण प्रभाव मूल्याङ्कन सम्पन्न गराई अनुमति लिएर मात्र रिसोर्ट संचालन गर्न सकिने पत्रमा उल्लेख छ ।  

निलम्बन पत्र

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०