nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एभरेष्ट पानारोमा रिसोर्टले ल्यायो ‘आहा दामन’ प्याकेज

नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै द एभरेष्ट पानारोमा रिसोर्टले ‘आहा दामन’ प्याकेज ल्याएको छ। रिसोर्टले ल्याएको नयाँ प्याकेज अन्तर्गत २ हजार ७४ रुपैयाँमा लक्जरियस कोठाहरु उपलब्ध गराउने भएको हो।

रिसोर्टका अनुसार सस्तो मूल्यमा लक्जरियस ठाउँमा बसेर आनन्द लिन सक्छन्। एभरेष्ट पानारोमा रिसोर्ट २ हजार ५ सय मिटर उचाईमा रहेको छ। विशेष गरी नेपालीलाई लक्षित गरेर यस्तो प्याकेज ल्याइएको रिसोर्टका प्रवन्ध निर्देशक सुदिस जिसीले जानकारी दिए। यो अफर वैशाख महिनासम्मका लागि मात्रै हो। २ हजार ७४ रुपैयाँभित्र कोठा, विहान बेलुकाको खाना, बिहान नास्ता समाबेश गरिएको छ। तर, उक्त रकममा कर समाबेश गरिएको छैन।

द एभरेष्ट पानारोमाबाट विश्वका १० वटा अग्ला हिमालमध्ये ८ वटा त्यहाँबाट देख्न सकिन्छ। त्यसैगरी, माउन्टेन वाइकिङ, हाइकिङ, विभिन्न प्रजातिका चराहरु देख्न सकिन्छ। त्यसैगरी, उदाउदो सुर्य र अस्ताउँदो सुर्य पनि देख्न सकिन्छ। त्यसैगरी, टेवल टेनिस्, पुल हाउस, इलेक्ट्रिक बुललगायतका सुविधा रहेको जिसीले जानकारी दिए।

त्यसैगरी, साउना, ज्याकुजी र स्टीम बाथ रहेको छ। काठमाडौंको ३ घण्टाको यात्रा पछि रिसोर्ट पुग्न सकिन्छ। त्यसैगरी, पोखराबाट ७ घण्टाको यात्रा र वीरगंजबाट ४ घण्टाको यात्रा पछि दामन रिसोर्ट पुग्न सकिन्छ।