Tuesday, 25th August, 2026
वि.स.

एक जोडी कुखुराका चल्लालाई पाँच हजार रुपैयाँ !

SAKINI-1599919590.jpg

दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालेको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन्। आठ कुखुरा र दुई चरा प्रजातिका। कुनै स्थानीय त कुनै आयातीत। सबै गर्दा संख्या सात सय बढी छ।

बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन्। आयातीत प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन्।

यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ। कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउछन्। ‘बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ’, उनले भने। सापकोटाले व्यावसायिक रुपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पालेका हुन्। फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ। ‘मासुका लागिभन्दा पनि चल्ला बेच्ने उद्देश्य हो’, उनले भने, ‘काठमाडौँ, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ।’

महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उनको भनाइ छ। यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई रु. चार हजार पर्छ। ‘यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्’, उनले भने।स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ। भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको सापकोटाले सुनाए। कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ। यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif