Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

एकल पुरुषलाई पनि भत्ता

bhatta-1625390952.jpg

अर्घाखाँचीको शीतगंगा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। नगरपालिकाभित्र रहेका ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था गरेको हो। 

आगामी आर्थिक वर्षको बजेटमा ३५ वर्ष पुगेका अविवाहित महिला र ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्थापन गर्ने शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीले बताए। यो कार्यक्रम आउने साउन महिनाबाट लागू हुनेछ। 

कहीँ कतैबाट भत्ता, पेन्सन प्राप्त नगरेका ३५ वर्ष माथिका अविवाहित एकल महिला, ४० वर्ष माथिका एकल पुरुष र ‘ग’ वर्गका अपागंहरूलाई मासिक भत्ता उपलब्ध गराउने बताइएको छ। क र ख वर्गका अपांगता भएका व्यक्तिलाई संघीय सरकारबाट मासिक भत्ता प्रदान भए पनि ‘ग’ वर्गका अपांगलाई नछोएको भन्दै उनीहरूलाई पनि भत्ताको व्यवस्था गरिएको हो। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg