Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एकद्वार राहत वितरणका लागि थाहाका सहकारीले गरे सहयोग

थाहा नगरपालिकाले घोषणा गरेको रहात प्याकेजमा नगर क्षेत्रका बचत तथा ऋण सहकारीहरु र जिल्ला बचत तथा ऋण सहकारी संघको तर्फबाट सहयोग भएको छ । नगरपालिकाले घोषणा गरेको ४ जनासम्मको परिवारका लागि आश्वयक २० र ४ जना भन्दा माथिको परिवारका लागि घोषणा भएको प्याकेज १० सेट सहकारीहरुले नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । संस्थाहरको तर्फबाट जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य फणिन्द्र सुवेदीले उक्त राहत प्याकेज बज्रवाराहीमा २४ चैतमा हस्तान्तरण गरेका हुन् । 

थाहा नगरपालिकाले दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने तथा गरिब विपन्नहरुलाई तत्काल दैनिकी चलाउन राहत प्याकेज घोषणा गरेको प्याकेजमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ लिटर तेल, २ किलो दाल र १ पोका नून र ४ जनाभन्दा बढि परिवार सदस्य भएकाहरुलाई २० किलो चामल, २ लिटर तेल, २ किलो दाल र १ पोका नून रहेको छ । 

राहत सामाग्री बुझ्दै थाहानगर प्रमुख लवशेर विष्टले भने–‘कार्यविधिले तोकेको मापदण्डमा एकद्वार प्रणालीमा राहत वितरणमा कुनै कठिनाई छैन ।’ नगरपालिकाले राहत वितरण दिनूपर्नेहरुको विवरण वडा कार्यालयहरुले अहिले संकलन गरिरहेको छ । राहत वितरण अभियानमा सहयोग गर्ने सहकारीहरुलाई प्रमुख विष्टले आभारसहित धन्यवाद दिए । 

सबैको सहयोगमा विपतीलाई जित्ने हुँदा रहात वितरण जस्तो संवेदनशील विषयलाई एकद्वार प्रणालीमा ल्याउन सहयोग गर्ने सहकारीहरुहरु धन्यवादको पात्र भएको विष्टको भनाइ थियो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदी तथा विभिन्न सहकारी संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । 

राहतका लागि थाहानगरमा रहेको बज्रवाराही बचत तथा ऋण सहकारी संस्था, प्यासिफिक बचन, पुण्यश्री महिला बचत, चन्द्रागिरी महिला बचत, मेत्राङ बचत, महिला शक्ति बचत, सहयोगी बचत, पाथिभरा बचत, हिमशिखर बचत, शिखर बचत र कुटेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य फणिन्द्र सुवेदीले जानकारी दिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०