nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

एकद्धार प्रणालीको अवज्ञा गरी राहत बाँडेकोमा गाउँपालिका अध्यक्ष लामाको ध्यानाकर्षण

IMG_2319-1586186978.JPG

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले एकद्धार प्रणालीको खिल्ली उडाएको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको समयमा नागरिकलाई जथाभावी राहत बाडेर एकद्धार प्रणलीको अवज्ञा गरेको प्रति ध्यानाकर्षण भएको सामाजिक सञ्जाल फेसबुक मार्फत उल्लेख गरेका हुन्र ।

“ राहतको नाममा ठूलो, सानो, धेरै,थोरै, सस्तो, महङ्गो जे होस तीनै तहका सरकारले अवलम्बन गरेका नीति, नियम, निर्देशन विशेषगरी एकद्वार प्रणालीलाई पालना गर्नु गराउँनु सबैको कर्तव्य हो र जिम्मेवारी पनि हो, तर यो प्रणालीको खिल्ली उडाउँदै गरेको केही छिटाहरु देखिन थालेकोले यस प्रती गम्भीर ध्यानाकर्षण भएको छु” उनले फेसबुक मार्फत लेखेका छन्- “कहिले काहिँ अति आवश्यक तथा अति दुर्लभ वस्तु थोरै प्राप्त गरिसकेपछि धेरै प्राप्त गर्ने ढोकाहरु बन्द हुन्छन् र युद्धमा ठुलो असर हुन्छ । ”

विपद तथा समस्याको बेलामा सबैले सहयोग गर्नुपर्ने भएपनि सरकारले निर्देशन गरेको एकद्धार प्रणालीको बेवास्ता गरी छिटाहरु छर्किदै महासागरको लोकप्रियता कमाउँन खोज्ने छुट अब इन्द्रसरोवरमा कसैलाई पनि नभएको उनले बताए । विधी र बिधान संगतको समन्वय र सहकार्य मात्रै इन्द्रसरोवरलाई स्विकार्य भएको उनले बताए ।

यसरी जथाभावी बाँडिने राहत सामाग्रीहरुसंग टाँसिएर कोरोना लगायतका विभिन्न भाइरसहरु समेत आउन सक्ने भएकाले यो समयमा राहत लिने व्यक्ति स्वयम पनि  फलामे अनुशासनमा बस्नुपर्ने उहाँको भनाई छ ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।