nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

ऋषेश्वर सामुदायिक वनको अध्यक्षमा रायमाझी निर्वाचित

ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हिरेन्द्र रायमाझी निर्वाचित भएका छन् । 

मकवानपुर थाहा नगरपालिकाको वडा नं. ३ र ४ मा उपभोक्ता रहेको सामुदायिक वन समितिको ३ जेठमा सम्पन्न निर्वाचनबाट निकटतम प्रतिद्वन्द्धी सुर्य लामालाई २ सय १३ मतले पराजित गर्दै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको ४ सय ३ मतमा रायमाझीले ३ सय ७ र लामाले ९४ मत प्राप्त गरे । दुई मत बदर भएको थियो ।

अरु पदमा भने सर्वसम्मत निर्वाचित भएका थिए । समितिको उपाध्यक्षमा बिनोद केसी, सचिव बिना रायमाझी, कोषाध्यक्ष संग्राम विष्ट सहसचिव राजकुमार पन्त र सदस्यहरुमा जगत बहादुर गोपाली, सुन्दर केसी, शन्ति विश्वकर्मा र किशु रायमाझी छन् ।१६ वैशाखमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन नभएपछि निर्वाचन भएको हो । थाहानगरमा सामुदायिक वनको नेतृत्व चयनका लागि पहिलो पटक निर्वाचन भएको हो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)