Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

उत्तरी मकवानपुरको विभिन्न स्थानहरुमा गाईजात्रा मनाईयो

आफ्ना मृत आत्माको सम्झना गर्दै उत्तरी मकवानपुरको विभिन्न स्थानहरुमा सोमबार गाईजात्रा मनाईएको छ । नेवारी सम्प्रदायको सँस्कृतिको रुपमा रहेको गाईजात्रा मुख्य त काठमाडौ उपत्यकामा मनाईने चाड हो । काठमाडौ उपत्यकामा महत्त्वका साथ मनाईने भए पनि बिगत लामो समयदेखी गाईजात्रा मनाउने उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको विभिन्न नेवार बस्तिहरुमा यस वर्ष पनि गाईजात्रा मनाइएको छ ।


मकवानपुरको थाहा नगरपालिकाको वडा नं ३ स्थित गोपाली गाउँमा, थाहा नगरपालिका वडा नं १ को पालुङ, कुन्छाल, थाहा नगरपालिका वडा नं ९ स्थित चित्लाङ र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ स्थित फाखेल खड्बु नेवार गाउँमा आफ्ना परम्परा अनुसार गाई जात्रा मनाइएको छ । 
मुख्यतया अघिल्लो वर्षको गाईजात्रा सकिएपछि एक वर्षको समयावधि परिवारका सदस्यको मृत्यु भएमा सो परिवारबाट उक्त मृत आत्माको चिर शान्तीको कामना गर्दै मानिसलाई नै गाई बनाएर गाईजात्रा निकाल्ने चलन रहेको महाचुनी महालक्ष्मी नाटेश्वरी गुठी फाखेल खड्बुका गुरु तेज बहादुर नगरकोटीले बताए । उनका अनुसार आफ्नो समुदायमा सो एक वर्षको समयमा नेवार सम्प्रदायका कोहि कसैले मृत्युु नभएमा गाईजात्रा मनाईदैन । 


यस्तै थाहा नगरपालिका वडा नं १ पालुङ्का स्थानीय तथा इन्द्रायणी भगवती कालाभैरव गुठी पालुङका सचिव मधुकर बिक्रम श्रेष्ठले गाईजात्रा मनाउनुको कारण बताउँदै भन्छन् –“आफन्तको वियोग सबैलाई परेको हुन्छ, कसैको आमा, कसैको बुबा, कसैको दाजुभाइ, कसैको दिदिबहिनी जो कोहि आफन्तको मृत्यु भएर सोकमा परेको हुन्छ, त्यो वियोगले सोकमा डुबेको मानिसहरुलाई आफ्नो जस्तै संसारमा सोकमा परेको मान्छे धेरै हुन्छ भनी सान्त्वना दिलाउन जुन घरमा मन्छेको मृत्यु हुन्छ त्यही घरबाट गाईजात्रा निकालेर मनाइने गरिन्छ ।”



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।