Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ईलाका प्रहरी पालुङ्मा कोरोना सम्बन्धी हेल्प डेस्क स्थापना

palung-praharichauki-1584183768.jpg

मकवानपुर प्रहरीले १ चैतमा जिल्लाका ८ स्थानमा कोरोना भाईरस सम्बन्धी हेल्प डेस्क स्थापना गरेको छ । बिश्वलाई नै आतङ्कित पारेको कोरोना भाइरस सम्बन्धी सचेतना फैलाउने उदेश्यले ईलाका प्रहरी कार्यालयहरुको समन्वयमा हेल्प डेस्क स्थापना गरिएको हो ।
 जिल्ला प्रहरी कार्यालयको समन्वयमा हेटौंडा बसपार्कमा, ईलाका प्रहरी कार्यालय पशुपति नगरको समन्व्यमा हेटौंडा–८ र ९ मा, मनहरीको समन्वयमा मनहरी बजारमा, ईलाका प्रहरी कार्यालय पालुङको समन्व्यमा पालुङ्मा, ईलाका प्रहरी कार्यालय फापरबारीको समन्वयमा फापरबारीमा, ईलाका प्रहरी कार्यालय ठिङ्गनको समन्व्यमा ठिङ्गनमा र ईलाका प्रहरी कार्यालय पदमपोखरीको समन्वयमा पदमपोखरी बजारमा हेल्प डेस्क स्थापना गरिएको प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिए । जिल्लामा रहेका वडा प्रहरी कार्यालयलाई प्रचार प्रसार गर्न तथा ईलाका प्रहरी कार्यालयहरुलाई स्थानीय तहसंगको समन्व्यमा हेल्प डेस्क स्थापना गरेर संचालन गरिएको उनले जानकारी दिए ।
नागरिकलाई कोरोना सम्बन्धी सचेतना फैलाउने उदेश्यका साथ स्थानीय तहसंगको समन्व्यमा ८ स्थानमा प्रहरी र स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना गरिएको जानकारी दिदै उनले कोरोना भाइरस सम्बन्धी चेतना एक व्यक्तिमा मात्र भएर नहुने यसको चेतना घर, समुदाय हँुदै जिल्लाभर हुन पर्ने भएकाले हेल्प डेस्क स्थापना गरिएको राठौरले बताए । जिल्लाका अन्य स्थानमा समेत हेल्प डेस्क स्थापना गरिने जानकारी दिँदै उनले हेल्प डेस्कबाट बढी भन्दा बढी फाइदा उठाउन आग्रह समेत गरेका छन ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०