nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इमान्दार पुर्बक जिम्मेवारी पुरा गरे देश नै समृद्धिको बाटोमा लम्किने :नगरप्रमुख बिष्ट

28722262_2020831661470663-1520156050.jpg

सबैले आ–आफुले लिएको जिम्मेवारी इमान्दार पुर्बक पुरा गर्ने हो भने थाहा नगरमात्र नभइ देश नै समृद्धिको बाटोमा लम्किने थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्टले बताए । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सम्पन्न नेपाल बिद्यालय कर्मचारी युनियन थाहा नगर कमिटिको प्रथम नगर अधिबेशन कार्यक्रममा बोल्नु हुदैँ नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बिष्टले यस्तो बताएको हो । थाहा नगरपालिकाका बिद्यालयहरुमा बिगत लामो समयदेखि निरन्तर रुपमा बिद्यालय सहयोगीको रुपमा कार्य गर्दै आइरहेका बिद्यालय सहयोगीहरुको समिति नेपाल बिद्यालय कर्मचारी युनियन थाहा नगर कमिटिको शनिबार भएको प्रथम अधिबेशनमा बोल्नु हुदै प्रमुख अतिथि बिष्टले नगरबाट अब बन्ने शिक्षा ऐन शिक्षक मैत्री, बिद्यालय सहयोगी मैत्री, बिद्यार्थी मैत्री र अभिभावक मैत्री बन्ने बताए । बिद्यालय सहयोगीहरुको हाल प्रदान गर्दै आएको तलब निक्कै नै न्युन रहेको प्रति दुख ब्यक्त गर्दै नगरप्रमुख बिष्टले  श्रम ऐनले पनि उक्त कुरालाइ पुष्टि गर्दै तलब बढाउने पक्का रहेको तर त्यसको लागि सहयोगी कर्मचारीहरुले पनि मेहनत गर्नुपर्ने बताए । हाल नगरपालिकाले गरेको बिद्यालय अनुगमण बाट समग्र थाहा नगरको सिकाई उपलब्धि खास राम्रो नदेखिएको बताए ।
औपचारिक कार्यक्रमको समापन गर्दै नेपाल बिद्यालय कर्मचारी युनियन जिल्ला मकवानपरका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मधुसुदन रायमाझीले नेपाल बिद्यालय कर्मचारी युनियनको प्रमुख शत्रु नै नेपाल शिक्षक संगठन रहेको बताए । एउटै बिद्यालयमा काम गर्ने शिक्षक र बिद्यालय सहयोगीहरुको भिन्दा भिन्दै समस्या भए पनि शिक्षकरुले आफुहरुको माग सम्बोधनमा बिभेद गरेको भन्दै शिक्षकहरु नै आफुहरुको शत्रु रहेको बताए ।
कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै थाहा नगर मिडिया एसोसिएनिका अध्यक्ष कुमार नेगीले थाहा नगरमा रहेका बिभिन्न बिद्यालयहरुले स्वर्ण जयन्ती, रजत जयन्ती मनाए, कति शिक्षकहरुले पेन्सन खाए, बिद्यालयमै पढेका बिद्यार्थीहरु ठुल्ठुला पदमा पुगे तर त्यही बिद्यायलमा निरन्तर कार्यरत बिद्यालय सहयोगीहरु भने यथास्थितिमा रहनु प्रति ध्यान आकृष्ट गर्नु पर्ने बताए ।
शनिबार भएको प्रथम नगर अधिवेशनले श्री जनकल्याण माविका लेखापाल मधुसुदन रायमाझीको अध्यक्षतामा १६ सदस्यीय थाहानगर कमिटी गठन गरेको छ । कमिटिको महिला उपाध्यक्ष श्री सरस्वती मावि देउखेलका रोजिता सापकोटा, उपाध्यक्ष श्री नाटेश्वर मावि टौखेलका पुरुषोत्तम गोपाली, सचिव श्री झम्केश्वरी माविका जर्म श्रेष्ठ, कोषाध्यक्ष श्री सुनौला माविका लव राई, सह–सचिव श्री महांकाल प्राविका सम्झना तामाङ र सदस्यहरुमा रविन्द्र प्रसाद बिडारी श्री बज्रवाराही मावि, शुभ मो    क्तान श्री वागेश्वरी मावि, अर्जुन थापा श्री इन्द्रायणी मावि, गोमा थापा श्री उदय प्रावि, अमृता खत्री श्री प्रावि, मंगलमाया बल श्री कालीदेवी प्रावि, विकास प्रधान श्री सुन्दरी देवि मावि, सञ्जिव बलामी श्री स्वछन्द भैरब मावि, बाबुकाजी आलेमगर श्री मत्स्य नारायण मावि, मैया श्रेष्ठ श्री सरस्वती निमाविका रहेका छन् । 
    प्रथम थाहानगर अधिवेशनबाट विजयी भएका अध्यक्ष रायमाझीले आफूले लामो समय विद्यालय तथा कर्मचारीहरुको हक हितमा कार्य गदै आइरहेको र आउँदा दिनहरुमा समेत पीडित कर्मचारीहरुको पक्षमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘मै पढाएका विद्याथीहरु कहाँ कहाँ पुगे अहिले कोही वडा अध्यक्ष भए त कोही मेयर–उपमेयर तर आफूलाई बुढ्यौली पनले छोइसक्यो सरकारी कर्मचारी हुन सकेनन् जे जस्तो भएता पनि आफ्नो सास रहन्जुले सम्म आम कर्मचारीहरुले न्याय नपाए सम्म लडि रहने छु ।”
    नेपाल सरकारले विद्यालयमा कार्यरत कर्मचारीहरुलाई कर्मचारी व्यवस्थापन खर्च वापत हाल कक्षा १–३ सञ्चालन भएकालाई कार्यालय सहयोगी मासिक तलब रु. ४,०००÷– कक्षा १–५ कार्यालय सहयोेगीलाई रु. ४,५००÷– कक्षा १–८ कार्यालय सहयोगी तलब रु. ६,०००÷– र कक्षा १–१२ भएका विद्यालयका कार्यालय सहयोगीलाई मासिक ७,५००÷– र लेखापाललाई रु. ११,५००÷– निकासा गर्दै  आइरहेको छ । सो रकम भन्दा बाहेक कुनै पनि सेवा सुविधा नभएको कारण कर्मचारीहरुले आफ्ना पीडाका लागि पनि अगाडि बढ्न जरुरी रहेको सुनौला माविका लेखापाल लव राईले बताए । 
झम्केश्वरी माबिका लेखापाल जर्म श्रेष्ठले सञ्चालन गरेको अधिबेशनमा नेपाल बिद्यालय कर्मचारी युनियन केन्द्रिय सदस्य अर्जुन थापा, अखिल नेपाल  शिक्षक संगठन जिल्ला सदस्य कृष्ण बहादुर बिष्टको बिशिष्ट आतिथ्यता रहेको थियो भने थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी तथा थाहा नगर भित्रका बिद्यालयका बिद्यालय सहयोगी, लेखापाल, तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg