nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रायणीमा नृत्य, गायन र अभिनय

आग्राको इन्द्रायणी माविमा इन्द्रायणी बाल क्ल्बले बडा दशैंको अवसरमा नृत्य, गायन तथा अभिनय प्रतियोगिता आयोजना गरेको छ

असोज १४ गते शुक्रबार विद्यालयमा विभिन्न सदनहरुबीच प्रतियोगिता भएको हो । प्रतियोगितामा गायन तथा नृत्यतर्फ सगरमाथा सदन पहिलो, अन्नपूर्ण सदन दोस्रो र कन्चनजंघा सदन तेस्रो भए । त्यस्तै एकल गायनमा कक्षा  ३ का उज्वल भण्डारी, कक्षा ५ का विनिसा अर्याल र कक्षा ८ का कविता थिङ क्रमशः पहिलो, दोस्रो र तेस्रो ठहरिए ।

एकल गायनमा कक्षा १० का लिलाबहादुर थिङ र अभिनयमा कक्षा ७ का सुशान्त ढकाल उत्कृष्ट घोषित भएकोे विद्यालयका प्रधानाध्यापक नारायणबहादुर कार्कीले बताए  । 

प्रधानाध्यापक कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । बाल क्लबको अध्यक्ष रविना सापकोटा प्रतियोगिताको नायक थिइन् । प्रतियोगितामा प्रमुअ अतिथि कार्की, अध्यक्ष सापकोटा, विद्यालयका सहायक प्रधानाध्यापक कल्याणविक्रम घलान लगायतले आआफ्नो भनाइ राखेका थिए । 

प्रतियोगिताको लागि सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चले पुरस्कारको व्यवस्था गरेको थियो । प्रमुख अतिथि कार्कीले उत्कृष्ट सबैलाई पुरस्कार  प्रदान गरेका थिए ।