Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर ५ ले घुमाए बृद्धहरुलाई भालेश्वर

      बृद्धअबश्थाले सुषुप्त अवस्थामा गुज्रिएका इन्द्रसरोवर ५ का वृद्धहरुलाई वडा कार्यालयले भालेश्वर घुमाएका छन । इन्द्रसरोवर गाउँ पालिकाको आर्थिक सहयोगमा आर्थिक बर्ष २०७४/०७५ को वृद्धहरुको शिर्षकको बजेटले ५ नं वडा भित्रका जेष्ठनागरिकहरुलाई भालेश्वर भ्रमण गरएका हुन । शारीरिक अशक्तताको कारण घरायसी क्षेत्र भित्र मात्र सिमित हुन बाध्य वृद्धहरु आफ्नो जीवनको अन्तिम घडीमा मनोरञ्जनका साथै देवता दर्शन गर्न पाउँदा खुशी भएका छन । थानकोट हुदै सन्चालन भएको केवलकार चढेर भालेश्वर चन्द्रागिरी भ्रमण गर्नु आफ्नो उमेरमा गाडी समेत चढ्न नपाएका वृद्धहरुको लागी अचम्म र जटिल बिषय हो । जेष्ठ नागरिकको उमेर पार गरिरहँदा सम्म कल्पना समेत नगरेको सो भ्रमणले वृद्धहरुलाई अब स्वर्ग पुगिने भयो भन्ने आभास दिलाएका छन । 


वृद्ध ९९ बर्षिय जगत बहादुर कार्की भन्छन आफ्नो यो उमेरमा वडाले गरेको भ्रमण कार्यक्रम असाध्यै राम्रो लागेको बताए । 
इन्द्रसरोवर गाउँ पलिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जनको नेतृत्वमा भएको भ्रमणमा वडा नं ५ का ३६ जना वृद्धहरु, वडाका कर्मचारी, स्वास्थ्य स्वयम सेविका र स्थानिय पत्रकार समेत गरि ४४ जनाको  सहभागीता रहेको थियो ।


५ नं वडाका वडाध्यक्ष महर्जनका अनुसार वृद्धहरु तथा जेष्ठ नागरिकहरुको जमघट र मनोरञ्जनको अन्य उपाय र अवसर नभएको कारण जेष्ठ नागरिकहरुलाई भेटघाट सगैं रमाइलो गराउनको लागी भ्रमणको आयोजना गरिएको बताए । साथै उनले इन्द्रसरोवर वडा नं ५ , चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकाको सिमानाको रुपमा रहेको भालेश्वर मन्दिर आफ्नै भुभागमा समेत रहेको हुँनाले जेष्ठ नागरिकहरुलाई सो भ्रमण गराउनु प्रभावकारी हुने भएकाले भ्रमणको आयोजना गरिएको बताए



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।