Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर ५ चखेलमा खानेपानी योजनाले तीव्रता लिँदै

IMG_20190413_073605-1555126826.jpg

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ चखेलमा सञ्चालित खानेपानी आयोजनाले तिब्रता लिइरहेको छ । इन्द्रसरोवर ५ को चखेल (साबिक फाखेल गा.वि.स. वडा नं ६ र ७) लाई लक्षित गरी एक करोड ४० लाखको खानेपानी आयोजना सञ्चालन भैरहेको छ ।

 वि स २०७२ सालको विनाशकारी भुकम्पको कारण उक्त क्षेत्रमा रहेको पानीका मुहानहरु सुके पछि स्थानियहरुले पानीको अभावमा सास्ती भोग्नु परेको छ ।  बिहानै देखी बस्ती भन्दा तल रहेको पौवामा खानेपानीको जोहो गर्नका लागी भिड हुने र अन्य कामको लागी समय समेत नहुने स्थानीयहरुको गुनासो छ । 


सो आयोजना बनेपछी भने स्थानीय २६९ घरधुरीले सो आयोजना मार्फत यहि आर्थिक वर्षमा नै खानेपानीको लाभ लिने भएका छन् ।
सागर स्याङ्तानको अध्यक्षतामा १३ सदस्यीय श्री कालिदेवी ( म.बो.म.च ) खानेपानी तथा सरसफाइ उपभोक्ता समिती गठन भएपछी सुरुभएको आयोजनाले अहिले जनश्रमदान सहित निरन्तर काम गरिएको छ । 
आयोजना मार्फत साबिक फाखेल गा.वि.स. वडा नं ६ र ७ का चखेलखोला, दोभानमा भुमिगत पानी ( डिप बोरिङ ) उत्खनन गरि मकैबारी, बोसिडोल, मधुबन र चखेलका स्थानीयले लाभ लिने छन् ।
सिसिडिएनबाट ७० लाख रुपैयाँ, इन्द्रसरोवर गाउँपालिका बाट ३० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानबाट ४० लाख रुपैयाँ गरि जम्मा १ करोड ४० लाखको लागतमा आयोजना संचालन भएको हो ।
योजना संचालन गर्ने क्रममा हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको कालिदेवी खानेपानी समितीका सचिब ध्रुब लामाले बताए । हाल संचालित आयोजना इन्द्रसरोवर गाउँपालिकाकै महत्वपूर्ण, बृहत र गौरवको आयोजना रहेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनु भयो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।