Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर ५ चखेलमा एक करोडको खानेपानी योजना संचालन हुने

IMG_20181225_085725-1545707603.jpg

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेल चखेल (साबिक फाखेल गा.वि.स. वडा नं ६ र ७) लाई लक्षित गरी एक करोडको खानेपानी आयोजना सञ्चालन हुने भएको छ । २०७२ सालको विनाशकारी भुकम्पको कारण उक्त क्षेत्रमा रहेको पानीका मुहानहरु सुके पछि पानीको अभावमा सास्ती भोगीरहेको स्थानीयवासीहरुको २६९ घरधुरीले सो आयोजना मार्फत लाभ लिने भएका छन् ।
सोमवार बसेको बैठकले समिर लामाको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिती गठन गरेको छ । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा ५ वडाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता रहेको थियो ।
सांसद क्षेत्र विकास कोष, प्रदेश सरकार, इन्द्रसरोवर गाउँपालिका र सी.सी.डि.एन. को आर्थिक सहयोग र अनुदानमा करिव १ करोड ४० लाखको  अनुमानित लागतमा यहि आर्थिक वर्षमा सम्पन्न गर्ने गरी आयोजना संचालन हुने भएको हो । 
आयोजना मार्फत साबिक फाखेल गा.वि.स. वडा नं ६ र ७ का चखेलखोला, दोभानमा भुमिगत पानी ( डिप बोरिङ ) उत्खनन गरि मकैबारी, मधुवन, सिमपानी, ठुलो चउर, बोसिडोल, ठुलोघर टोल, माँझघर टोल लगायतका स्थानीयले सेवा लिने छन् ।

तस्बिर:राजु थोकरको फेसबुकबाट



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।