Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर ताल झै विशाल छाती: गाउँपालिका अध्यक्ष
जीवन लामा

Lama-1601598568.jpg

कविता

इन्द्रसरोवर ताल झै सबले,
विशाल छाती बनाउँने हो।
सबैको आवाज सुनेर सबले,
सामाजिक न्याय दिलाउँने हो।


तराई पहाडको हावापानी यहाँ,
प्राकृतिक सुन्दरता गुफा छन् ।
कञ्चन पानीको झरनाछ यहाँ,
सबैको तनमन सफा छन् ।


जेष्ठनागरिक,महिला,अपाङ्ग,
वालमैत्री सबै मूलमन्त्र हो।
शिक्षा स्वास्थ्य खानेपानी,
उपलब्धि सबै गणतन्त्रको हो।


प्रयोगमैत्री संरचना निर्माण,
पूर्वाधार कृषि उन्नति ।
समतामूलक छन् दृष्टिकोण,
इन्द्रसरोवरको समृद्धि ।


सयौं फूलका फूलबारी यहाँ,
हाम्रो प्यारो इन्द्रसरोवर।
हिमाल मुस्कान पाउँनेछ यहाँ,
आत्मसम्मान सबैको बरोबर।।।