Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर गाउँपालिकालाई १५ थान पीपीई सहयोग प्राप्त

92830140_2827413310712488-1586445334.jpg

इन्द्रसरोवर गाउँपालिकालाई आज बिहिबार सफल युवा ब्यवसायी उत्तम ब्लोनले १० थान पीपीई सहयोग गरेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं १ मार्खु सर्वाङ निवासी ब्लोनले गाउँपालिकाको निम्ति व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सहयोग गरेको हो । कोरोना भाइरस कोभिड १९ को महामारीमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणबाट बचाउन सहयोग पुुग्ने भन्दै गाउँपालिकाका अध्यक्ष जीवन लामाले सहयोग प्रति धन्यवाद व्यक्त गरे । सफल युवा ब्यवसायी ब्लोन एन.एम.बी.बैंक लिमिटेडका निर्देशक हुन् ।
यस्तै गाउँपालिकालाई हिजो बुधबार महाबिर पुनद्धारा ५ सेट पीपीई सहयोग प्राप्त भएको थियो । 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।