nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर गाउँपालिकाको ५ औँ गाउँ सभा सम्पन्न, ३० करोडको वजेट पेश

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १० असारमा भएको पाँचौं गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गरेको छ । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको सभामा आर्थिक वर्ष २०७६÷०७७ को लागि “प्रयोग मैत्री संरचना शिक्षा, पर्यटन र कृषि, समतामूलक बिकास इन्द्रसरोवरको समृद्धि” नारा सहित आर्थिक बर्ष २०७६÷०७७ नीति, कार्यक्रम तथा राजस्व र व्यय अनुमान गर्दै इन्द्रसरोवर गाउँपालिकाको पाचौ गाउँसभामा रु. ३० करोड २८ लाख २८ हजार ८ सय ६५ बजेट पनि पेश गरेको छ ।


वजेटमा आय तर्फ संघिय सरकारबाट प्राप्त अनुदानमा वित्तीय समानिकरण अनुदान ७ करोड ४ लाख, सशर्त अनुदान ७ करोड ७८ लाख, राजश्व बाँडफाड ५ करोड १९ लाख, विद्युत रोयल्टी बापत १ करोड ३८ लाख १० हजार ८ सय ६५ रुपैयाँ गरी संघिय सरकारबाट प्राप्त अनुदानमा २१ करोड ३९ लाख १० हजार ८ सय ६५ रुपैयाँ रहेको छ ।  यस्तै प्रदेश सरकारवाट प्राप्त अनुदानमा वित्तीय समानिकरण अनुदान ९८ लाख ९७ हजार, सवारी साधन कर बापत १ करोड ४० लाख २१ हजार रुपैयाँ गरी प्रदेश सरकारवाट प्राप्त अनुदानमा जम्मा २ करोड ३९ लाख १८ हजार रुपैया रहेको छ । आन्तरिक आयबाट २ करोड ५० लाख, बाँकी संचितकोष मौज्दात अनुमानित २ करोड र सामाजिक सुरक्षा भत्ता २ करोड गरि कुल आय तर्फ ३० करोड २८ लाख २८ हजार ८ सय ६५ रुपैयाको बजेट रहेको छ । 


जसमा व्यय तर्फ चालु खर्च  ४ करोड १९ लाख, पुँजीगत खर्च १६ करोड ३१ लाख  २८ हजार ८ सय ६५ र सामाजिक सुरक्षा भत्ता २ करोड गरि कुल ३० करोड २८ लाख २८ हजार ८ सय ६५ रुपैयाँ अनुमार गरिएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)