Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरको १ सय ५ किसानको नमुना माटो परीक्षण

Mato-0000-1581990482.jpg

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको १ देखि ५ वटै वडामा माटो परीक्षण गरिएको छ । पौषको १ गतेदेखि वडा नं १, ४ र ५ का १ सय ३६ जना किसानको खेतबारीको माटोको नमुना परिक्षण गरिएको थियो भने फागुन ४ र ५ गते वडा नं २ र ३ को १ सय ५ जना किसानका माटोको नमुना परीक्षण गरिएको छ ।

किसानहरुले ल्याएको माटोको नमुना परिक्षणबाट प्राप्त रिपोर्टमा विगतका दिनमा भन्दा माटोमा सुधार आएको इन्द्रसरोवर गाउँपालिकाका कृषि शाखा संयोजक कुमार पौडेलले बताए ।  निरन्तर ३/४ वर्षको तुलनामा माटोमा सुधार देखिएको उनको भनाई छ ।

विगतका वर्षहरुमा माटो परिक्षण गर्दा अम्लियपना धेरै देखिने गरिएको भए पनि यस वर्ष अम्लियपना घटेको क्षेत्रीय माटो प्रयोगशाला हेटौँडाका प्रमुख तथा बरिष्ठ माटोविद राम दुलाल यादवले बताए । उनका अनुसार समग्रमा इन्द्रसरोवर गाउँपालिका ३ को माटो केही अम्लियपना रहेको बताए ।

किसानहरुलाई माटोको नमुना संकलन गर्ने तालिम दिएर मात्र माटोको नमुना संकलन गरेर परिक्षणको कार्य सुरु परिएकोले परिक्षण गरिएको माटोको रिपोर्टले समग्र जग्गाको प्रतिनिधित्व गर्ने उनले बताए । 

इन्द्रसरोवर गाउँपालिकाको कृषि विकास शाखाको आयोजना र क्षेत्रीय माटो प्रयोगशाला बागमती प्रदेश हेटौँडाको प्राविधिक सहयोगमा इन्द्रसरोवर गाउँपालिकामा माटो परिक्षण घुम्ती शिविर सञ्चालन गरिएको हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।