Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरलाई सहकारीहरु मार्फत स्वास्थ्य सामाग्री सहयोग

95042126_859781101188799_-1587808256.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई गाउँपालिका भित्रका १० सहकारी र जिल्ला सहकारी मार्फत स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको न्युनीकरण र रोकथामका लागि अति आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

No photo description available.

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको राहत कोषमार्फत इन्द्रसरोवर गाउँपालिकाभित्रका इच्छुक सहकारीहरूको आर्थिक सहयोगमा त्रिपन्न हजार बराबरको पी पी ई सेट, बुट, पन्जा, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री  सहयोग गरेको हो । जसका लागि जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको राहत कोषबाट ५ हजार, सिर्जना महिला बचत तथा ऋण सहकारी संस्था लि. मार्खुबाट ५ हजार, महिला समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुलेखानीबाट ५ हजार, कुलेखानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुलेखानीबाट ५ हजार, श्रमजीवी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिस्नेरीबाट ५ हजार, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड फाखेलबाट ५ हजार, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड फाखेलबाट ५ हजार, इन्द्रसरोवर कृषि स. सं. लि. मार्खुबाट ५ हजार, अमर साना किसान कृषि स.सं. लि कुलेखानीबाट ५ हजार,सरस्वती साना किसानबाट ५ हजार र महाचुनी कृषि सहकारी सं.लि.फाखेलबाट ३ हजार  रकम गरप् जम्मा ५३ हजार रुपैँया बराबरको स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको  मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड फाखेलका अध्यक्ष शान्तलाल लामाले जानकारी दिए ।

Image may contain: 2 people, including Shanta Lama, people standing

Image may contain: shoes



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।