Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा राहत वितरणका लागि विवरण संकलन गरिँदै, यस्तो व्यक्तिले पाउँछन् राहत -हेर्नुहोस्_

rahat-1585971924.jpg

इन्द्रसरोवर गाउँपालिकाले हालको लकडाउनको स्थितिमा दैनिक ज्याला मजदुरी गर्ने  र रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्ति तथा परिवारको विवरण संकलन गरिरहेको छ । नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार गुजारा चलाउन नसक्ने व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने योजना अनुरुप विवरण संकलन गर्न ठालिएको हो । जसका लागि लक डाउनको समयमा घरघरमा पुुगेर विवरण संकलन गर्न नसकिए पनि वडा स्तरबाट त्यस्ता व्यक्ति तथा परिवारको पहिचान गरी वडा स्तरको विवरण पालिकामा पठाउने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताउनुु भयो । दैनिक काम गरेर गुजारा चलाउनेहरु भोकमरीमा पर्न नदिनका लागि वडा सँगको समन्वयमा तथ्याङ्क संकलन गरिरहेको र आवश्यक परेमा राहत वितरण समेत वडा स्तरबाट नै गर्ने योजना रहेको उहाँले बताउनुु भयो ।

नेपाल सरकारको मापदण्ड अनुसार दैनिक ज्याला मजदुरी गर्ने, असाहाय व्यक्ति, लक डाउनका कारण आफ्नो घर फर्किन नपाएको व्यक्ति, साहारा बिहिन, गर्भवती महिला लगायतका व्यक्तिले वडामा राहतका लागि निवेदन दिन सक्ने उहाँले बताउनुभयो । कस्तालाई राहत दिने र कस्तालाई नदिने भन्ने कुरा मापदण्डमा उल्लेख गरिएको हुँनाले वडाहरुले त्यसको आधारमा विवरण संकलन गर्नुपर्ने उहाँको भनाई छ । यसरी वडा स्तरबाट राहत वितरण गर्दा कुनै शंका लागेमा गाउँपालिका स्तरको समन्वय समितिले अनुगमन गर्ने जनाइएको छ । राहत वितरणको काम भने भिडभाड नहुने गरी कुपन सिस्टममा गर्ने योजना रहेको समेत उहाँले जानकारी दिनुुभयो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।