Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

IMG_20190510_153449-1557747578.jpg

न्यायिक समिति इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा सञ्चालित सामुदायिक मेलमिलाप सम्बन्धि आधारभूत तालिम प्रभावकारी रुपमा सम्पन्न भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं १ को मार्खुमा यहि बैशाख २२ गते देखी सुरु भएको तालिम २९ गते सम्म भएको हो । परिवर्तन तथा दिगो विकासका लागी युवा सिन्धुलीको समन्वय तथा सहजीकरणमा तालिम भएको थियो । तालिम मार्फत स्थानीय तहको वडामा हुने विवादको समस्यालाई वडा स्तरमै समाधान गरि मेलमिलाप गरि दुबै पक्षलाई जितको अनुभुती दिलाउने उदेश्यका साथ तालिमको आयोजना गरिएको इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक उमा कुमारी लामाले बताए । 

तालिम पश्चात् गाउँ गाउँमा जनताले न्यायको अनुभुती गर्न सक्ने, फाटेको मन सिलाउने, दुबै पक्षलाई जितको आभास दिलाई मेलमिलापको वातावरण सिर्जना गर्ने आशा गरिएको छ । 
गाउँपालिकाको प्रत्येक वडामा मेलमिलाप सेवा केन्द्र मार्फत ३ जनाको समितिले मेलमिलापको कार्य गर्दछ । तालिम लिएका मेलमिलाप कर्ताहरुले प्रमाणपत्र लिइसके पछि गाउँमा हुने विवादहरुको छानबिन गरि मेलमिलाप गर्न सहकार्य गर्नेछन् ।
तालिम लिएको ६ महिना पछि मेलमिलापको एड्भान्स तालिम दिने र साविक को ९ वटा वडाहरुको सम्बन्धित ब्यक्तिहरुलाई तालिम दिए पछि गाउँपालिका स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने उपाध्यक्ष लामाले बताए ।
उनका अनुसार मेलमिलाप केन्द्रले मिलाउनै नसकेका मुद्दाहरुमात्र गाउँपालिकाको न्यायीक समितिमा आउने छन् ।

तालिममा कार्यपालिका सदस्य, वडा सदस्य, मेलमिलाप कर्ताहरु गरि २२ जनाको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।