nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा भित्तेपत्रिका लेखन तालिम 

Patrakarita-Training-1561942989.JPG

आधारभूत पत्रकारिता तथा भित्तेपत्रिका लेखन तालिम मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ४, फाखेलमा सम्पन्न भएको छ । ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग तथा बाल संरक्षण समिति, ईन्द्रसरोवर ४ ले कार्यक्रम आयोजना गरेको हो ।

ईन्द्रसरोवर ४ र ५ का बाल क्लबका १५ प्रतिनिधि सहभागी तीन दिने तालिममा पत्रकार अशोकसुजन श्रेष्ठले सहजिकरण गरेका थिए । तालिममा सञ्चारको परिभाषा, महत्व तथा प्रकार, आमसञ्चारको प्रमुख कामहरु, समाचारको परिभाषा, स्रोत, प्रकार, लेखन तथा तत्वहरु, अन्तरवार्ताको प्रकार, सम्पादकीय लेखन, भित्तेपत्रिकामा प्रकाशन गरिने सामग्रीहरु, साजसज्जा, भित्तेपत्रिकामा लेख्न हुने र नहुने कुरा लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

बाल संरक्षण समिति ईन्द्रसरोवर ४ की अध्यक्ष मञ्जु रुम्बाले तालिमको समापन गर्दै बालमैत्री गाउँपालिका बनाउने अभियानमा कार्यक्रमले सहयोग गर्ने बताईन् । समापन कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाका बाल सहजकर्ता पुष्कल गोले सागर, ईन्द्रसरोवर ४ नम्बर वडा बाल क्लब सञ्जालका अध्यक्ष राजेन्द्र मोक्तान र कालिका बाल क्लबकी सदस्य सम्रिक्षा ब्लोनले मन्तव्य व्यक्त गरेका थिए ।

 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com