nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा बालमैत्री वडा घोषणा गर्न संघीय मामिला मन्त्री पण्डित आउने

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा हुन लागेको बालमैत्री वडा घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आउने भएका छन । ईन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ लाई यहि जेठ २९ गते बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा हुन गइरहेको बालमैत्री वडा घोषणा कार्यक्रमको सम्बोधनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डित आउने भएको हो ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा संघिय सांसद बिरोध खटिवडा र मकवानपुरकी प्रदेश सभा सदस्य कुमारी मोक्तानको आतिथ्यता रहने ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जनले जनाकारी दिए । बि.स. २०६३ सालदेखि नै साबिक फाखेल गा.बि.सले फाखेल गा.बि.स.लाई बालमैत्री घोषणा गने प्रयासमा रहे पनि हाल ईन्द्रसरोवर गाउँपालिका भैसक्दा गाउँपालिकाको ५ वटा वडाहरु मध्ये दुईवटा वडाहरु ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

बालमैत्री घोषणा कार्यक्रमको मिति नजिकिय संगै साबिक फाखेल गा.बि.स.मा कार्यक्रमको ब्यवस्थापनको तयारी तिब्र परिएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।