Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा बजार अनुगमन, लकडाउनको समयमा खाद्यान्न अभाव नहुुने

55476600_557953391365679_-1585881307.jpg

इन्द्रसरोवर गाउँपालिकामा लकडाउनको समयमा खाद्यान्नको अभाव नहुने गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताउनुु भएको छ । गाउँपालिकाका मुुख्य मुख्य किराना पसलहरुमा करिब २ हप्तासम्म पुुग्ने खाद्यान्नको मौज्दात रहेको बताउनुु हुँदै न्युुन मौज्दात रहेको मुुख्य पसलहरुका लागि खाद्यान्न आपुुर्तिको व्यवस्था मिलाइने उहाँले बताउँनु भयो । गाउँपालिकाले बुधबार देखि सुरु गरेको बजार अनुगमणबाट गाउँपालिका भित्रका वडाहरुमा रहेको खाद्यान्नको मौज्दान बारे जानकारी लिइएको छ । लकडाउनको समयमा गाउँपालिका भित्र खाद्यान्नको समस्या नहोस र नागरिकले भोगमरी समस्या भोग्न नपरोस भन्ने उदेश्यले गाउँपालिकाको प्रत्येक वडामा रहेको मुख्य मुुख्य पसलमा के कति खाद्यान्न मौज्दात रहेको छ? नपुुग भए आपुुर्तिको व्यवस्थालाई सहजता गर्न समन्वय गर्ने उदेश्यले अनुगमण गरिएको हो । खाद्यान्नको मौज्दात कम भएको वडामा आपुुर्तिको सहजताको लागि गाउँपालिकाले समन्वय गर्ने उहाँले बताउनु भयो ।

गाउँपालिकाको वडा नं. ३ मा बुधबार र २, ४ र ५ मा बिहिबार अनुगमण गरिएको छ । हिजो सम्म गरिएको अनुगमणको अनुसार वडा नं ३ मा मौज्दातको अवस्था न्युन रहेको उहाँले बताउनुभयो । वडा नं १ मा भने आज अनुुगमण गर्ने गाउँपालिकाका अनुुगमण समितिका संयोजक तथा उपाध्यक्ष उमा कुमारी लामाले बताउनुु भयो । अनुुगमणमा किराना पसलहरुलाई मिति सकिएका सामान नबेच्न, पसलमा मुुल्यसूूचि टाँस्न, कोरोनाको समयमा खरिद बिक्री गर्दा भौतिक दुरी कायम गर्न र साबुन पानीले हात धोएर, स्यानिटाइजर तथा मास्क लगाउन समेत संयोजक लामाले अनुरोध गर्नुभएको थियो । यो पटकको अनुगमणमा मुख्यत मौज्दात मात्र हेरिएकाले पछिल्लो अनुुगमणमा सबै चेकजाँच गर्ने समेत उहाँले बताउनु भयो । गाउँपालिकाको विपद व्यवस्थापन सचिवालयका पदाधिकारी, सुुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीहरु सहितको निरिक्षण टोलीले बजार अनुुगमण गरिएको हो ।    

गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकामा विपद व्यवस्थापन समिति र वडा स्तरमा समेत समन्वय समिति गठन गरेर रोकथामका लागि जानकारी, सचेतना, कर्मचारी परिचालन लगायतका कार्य सञ्चालन गरिरहेको छ ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।