Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरको मितेरी अब आफ्नै भवन बनाउँदै

मितेरी बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवन निर्माणका लागि ६ असारमा शिलान्यास गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलको खड्बु पार्टिचौरमा अवस्थित संस्थाले आफ्नै भवन निर्मानार्थ शिलान्यास गरेको हो । वि सं २०६४ सालमा स्थापना भै ग्रामीण क्षेत्रमा सहकारीताको विकास गरि पुँजी निर्माणमा सहयोग पुर्याउदै आइरहेको सहकारीको नियमित कार्य सञ्चालनका लागि विगतदेखी नै मितेरी युवा क्लबको भवनमा व्यवस्थापन गरिँदै आएको थियो ।

सहकारीको भवन निर्माणका लागि इन्द्रसरोवर गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । शिलान्यास गरे संगै सहकारीको भवन निर्माण कार्य औपचारिक रुपमा सुरु गरिएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।