Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरको खड्बुमा मनाइने तीनवर्षे कार्तिके नाच सकियो


मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा नं ५ फाखेल खड्बुमा सञ्चालित ४ रातसम्म संचालन भएको कार्तिक नाच सकिएको छ । खड्बुको नेवारी समुदायले देखाउने कार्तिके नाच प्रत्येक ३ वर्षमा एक पटक आयोजना गरिन्छ । खड्बुमा रहेका नेवारीहरुको ३९ घरका परिवारबाट गठित महाचुनी महालक्ष्मी नाटेश्वरी गुठी मार्फत उक्त नाच प्रस्तुत गरिन्छ । 

इन्द्रसरोवर गाउँपालिकामै एउटा छुट्टै इतिहास र पौराणिक महत्व बोकेको खड्बुमा देखाइने उक्त नाच परापुर्वकाल देखि नै देखाउँदै आएको स्थानीय अग्रजहरु बताउँछन् । विशेष महत्त्वका साथ प्रस्तुत गरिएको नाचका लागि भने असोज ५ गतेदेखी सिकाउने कार्य भएको थियो । नाचको लागि ५३ जना कलाकारहरुको भुमिका रहेको थियो ।  

यहि कार्तिक २६ गते देखि सुरु भएको नाच ४ रातसम्म सञ्चालन भै १ मंसिर  बिहान मात्र समापन गरिएको हो । ४ रात देखाइएको उक्त नाचमा पहिलो र दोस्रो दिन नाच देखाएपछि एकदिन अर्थात २८ गते १ दिन भने ग्याप राखि २९ र ३० गते देखाइएको थियो । यसवर्ष महाभारतको बिरातपर्व सँग सम्बन्धित कथामा आधारित भै नाच प्रस्तुत गरिएको थियो । पौराणिक र साँस्कृतिक महत्त्व बोकेको उक्त नाच २ रात कुमारी खट र २ रात महाचुनी खटमा देखाएको थियो ।

नाच हेर्नका लागि इन्द्रसरोवरको छिमेकी स्थानिय तह, जिल्ला र जिल्ला बहिरका मानिसहरुक भिड रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।