Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरः–नगरकोटी गुठीको पहलमा निर्मित सरस्वती मन्दिरको उद्घाटन

final-1583680560.jpg

इन्द्रसरोवर गाउँपालिका –५ स्थित नेवार गाउँमा आज सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । नगरकोटी गुठी परिवारको सामुहिक पहलमा निर्माण भएको उक्त सरस्वती मन्दिरको आज आईतबार औपचारिक उद्घाटन गरिएको हो । यहि पौष ४ गते देखि निर्माण सुरु भएको सरस्वती मन्दिर  इन्द्रसरोवर गाउँपालिका वडा नं– ५ का वडा अध्यक्ष धनराज महर्जनको प्रमुख आतिथ्यता तथा गुठी प्रमुख बल बहादुर नगरकोटीको विशिष्टि आतिथ्यतामा उद्घाटन गरिएको हो । भोली अर्थात फागुन २६ गते मनाइने होली पर्वलाई लक्षित गरी निर्माण गरिएको उक्त नव निर्मित सरस्वती मन्दिरमा भोली पुजापाठ सहित होली मनाइने गुठी परिवारले जनाएको छ ।

Ubaraj Balami को फोटो।
गुठी परिवारको करिब १ लाख ४० हजार रुपैयाँ नगद खर्च सहित गुठी परिवारका सदस्यहरुको श्रमदान, आर्थिक तथा जिन्सी सहयोगमा मन्दिर निर्माण गरिएको गुठी परिवारका सदस्य युवराज बलामीले जानकारी दिनुभयो । उक्त नगरकोटी गुठी परिवारमा १९ घर रहेका छन् । ति सबै घरबाट मन्दिर निर्माणका लागि प्रति व्यक्ति २० दिन श्रमदान गरेका छन् । गुठी भित्र र बाहिरका मानिसहरुले मन्दिरको लागि आवश्यक गजुर, घण्टी, झल्लरी, चन्दा, मुर्ती लगायतका सामाग्रीहरु सहयोग गरेको मन्दिर निर्माण समितिका अध्यक्ष सुरज बलामीले बताउनु भयो । मन्दिर निर्माण गर्नका लागी गुठीका सदस्य गणेशमाया बलामीले जग्गा दान गर्नुभएको हो । 

Ubaraj Balami को फोटो।

Ubaraj Balami को फोटो।Ubaraj Balami को फोटो।

Ubaraj Balami को फोटो।Ubaraj Balami को फोटो।

Ubaraj Balami को फोटो।

तस्विरः– युवराज बलामीको फेसबुकबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०