nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इतिहासमा आज: दोस्रो विश्वयुद्धमा इटालीले बदल्यो मोर्चा, जर्मनीविरुद्ध युद्ध घोषणा

itihas-1602552222.jpg

आज १३ अक्टुबर । इटालीले मित्र शक्तिसामु आत्मसमर्पण गरेको एक महिनापछि सन् १९४३ मा नाजी जर्मनीविरुद्ध युद्ध घोषणा ग¥यो । दोस्रो विश्वयुद्ध सुरु हुँदा इटाली र जर्मनी एउटै मोर्चामा थिए, जसलाई एक्सिस पावर (धुरी राष्ट्रहरुको समुह) भनिन्थ्यो । यसविरुद्ध  बेलायत, अमेरिका, सोभियत युनियनलगायतले मिलेर मित्र शक्ति खडा गरेका थिए ।

इटालीका प्रधानमन्त्री बेनिटो मुसोलिनी र नाजी जर्मनीका चान्सलर एडोल्फ हिट्लरबीच सन् १९३६ देखि नै  गठबन्धन बनेको थियो । इटालीका विभिन्न भूभागमा नाजी सैनिक अखडा बनाएर बसेका थिए ।  तर, सन् १९४३ को जुलाईमा मुसोलिनी सत्ताच्युत भएपछि अवस्था फेरियो । त्यसपछि इटालीमा राज्य सञ्चालनको अधिकार सेनाप्रमुख मार्सल पियत्रो बाडगलियोको काँधमा आयो ।

बाडगलियोले मित्र शक्तिसँग शान्ति कायम गर्नका लागि अमेरिकी सेनाका कमाण्डर ड्वाइट इसेनहोभरसँग वार्ता थाले, ३ सेप्टेम्बरमा इटालीले आत्मसमर्पण ग¥यो ।

मुसोलिनीको सत्ता हाल्लिन थालेदेखि नै हिट्लरले इटाली कब्जा गर्ने योजना बनाइरहेका थिए, जसलाई ‘अपरेशन एक्सिस’ भनिन्छ । इटालीको अस्थिर अवस्थाको फाइदा उठाएर नाजी जर्मन सेना सहजै रोम छि-यो, ९ सेप्टेम्बरमा बाडगलियो र इटालीको राजपरिवार भागेर दक्षिणपूर्वी क्षेत्र ब्रिन्डिसी पुगे ।

२३ सेप्टेम्बरमा माल्टामा बिस्तारित रुपमा युद्धविराम सम्झौता भयो, रोमलाई नाजी जर्मनीको कब्जाबाट बचाउनका लागि इटलियन सेनाले मित्र शक्तिसँग पूर्ण समन्वय गर्ने व्यहोरो सम्झौतामा उल्लेख थियो ।  १३ अक्टुबरमा इटालीले औपचारिक रुपमा जर्मनीविरुद्ध युद्ध घोषणा ग-यो ।

अन्य घटनाक्रम

सन् १८८४ – ग्रिनवीच मिन टाइमलाई संसारको समयको मानक समय मान्ने तय गरिएको थियो ।

सन् १९७६ – बोलिभियामा बोइङ जेट विमान दुर्घटना हुँदा झन्डै १ सय जनाको मृत्यु ।

सन् १९९९– भारतका प्रधानमन्त्री अटल बिहारी बाजपेयीद्वारा तेस्रो कार्यकालको सपथ ।

सन् २०११– इन्डोनेशियाको बाली टापूमा २०११ मा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg