nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इजिआइ ब्रिक्सले पाँच लाखमै भूकम्प पीडितको घर बनाइदिने

dk-1631966284.jpg

सम्झौता गरेर अझै पनि घर निर्माण गर्न नसकिरहेका भूकम्पपीडितहरुलाई थाहा नगरपालिकाको इजिआइ ब्रिक्सले पाँच लाख रुपियाँमा घर बनाइदिने भएको छ । 

आफैले उत्पादन गरेको इन्टरलकिङ इट्टाको प्रयोग गरेर सो कम्पनीले दुई कोठाको घर बनाइदिने घोषणा गरेको हो । थाहाटाइम्ससँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक दीपक हमालले पाँच लाख रुपियाँमा रंगरोगनसहित दुई कोठाको घर तयार गरेर पीडितलाई हस्तान्तरण गरिने बताए । 

यसअघि इन्टरलकिङ इट्टाको प्रयोग गरेको थाहानगरमा २०० भन्दा बढी भूकम्पपीडितको घर बनाइसकेका हमालले अहिलेसम्म पनि घर बनाउन नसकेका भूकम्प पीडितलाई लक्षित गरेर यस्तो योजना अघि सारिएको बताए । उनका अनुसार कुनै भूकम्पपीडितले इजिआइ ब्रिक्स कम्पनीसँग सम्झौता गरी घर बनाउन चाहेमा त्यस्ता पीडितको जगदेखि रंगिन जस्ताको छाना, झ्यालढोका, रंगरोगनसमेत गरी चिटिक्क घर तयार गरी हस्तान्तरण गरिनेछ । घरका लागि घडेरी सम्याउने काम र मोटर पुग्ने ठाउँदेखि निर्माण स्थलसम्म सामान पु¥याउने काम भने घरधनीले नै गर्नुपर्नेछ । 

इन्टरलकिङ इट्टाको प्रयोग गर्दा रातो इट्टाको तुलनामा सस्तो पर्ने र प्लास्टर गर्नु नपर्ने भएकोले पाँच लाख रुपियाँमै घर बनाइदिन लागेका हमालले स्पष्ट पारे । इन्टरलकिङ इट्टाको प्रयोग गरी घर बनाउँदा सस्तो पर्नुका साथै  स्थानीय हावापानी अनुसार न्यानो हुने, वातावरणमैत्री हुने र आकर्षक पनि हुने भएकोले आफूले यसकै प्रयोगमा जोड दिइरहेको उनको भनाइ रहेको छ । 

इजीआइ ब्रिक्सको इट्टा उद्योग र कार्यालय थाहा नगरपालिकाको शिखरकोटमा रहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)