nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आर्थिक सम्वृद्धिमा अब्बल बन्दै पाथीभरा सहकारी

Pathiaaaa-1537617132.jpg

मकवानपुर थाहा नगरपालिका वडा नं. २ फाँटबजारमा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४-०७५ मा १९ लाख ७२ हजार ८९७ रुपियाँ खुद नाफा गरेको छ । थाहानगरको मत्स्यनाराण माविमा ६ असोजमा भएको सहकारीको साधारण सभामा प्रस्तुत प्रतिवेदन मार्फत सो जानकारी गराएको हो । यस अघि जिल्लास्तरमा समेत पुरस्कृत भइसकेको पाथीभरा थाहानगरको अब्बल सहकारीको रुपमा स्थापित छ । 

साधारणसभामा थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीले नगरमा स्थापना भएका सहकारीहरु थाहाको सम्वृद्धिको बलियो आधार भएको बताए । सभाका प्रमुख अतिथि समेत रहेका गोपालीले थाहा नगरबासीलाई सम्वृद्धिको बाटो देखाउन सहकारी संस्था सक्षम भएको बताउँदै पाथीभराले नगरको आर्थिक सम्वृद्धिका लागि भरलाग्दो इट्टा थप्ने काम गरेको बताए । थाहानगरले सहकारी ऐन निर्माण गरी कार्यान्वयन गरिरहेको सन्दर्भमा सहकारी र तिनका सदस्यहरुको हितका लागि नगरपालिका सँधै सहकार्य गर्न तयार रहेको उप प्रमुख गोपालीले बताए । ठूला बैंकसम्म पहुँच नहुनेका लागि सहकारी सँधैको सारथि हुने थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्तबहादुर कार्कीले बताए । उनले साना व्यवशायीलाई बचत गर्ने बानीको विकास गराई उद्यमी बनाउनका लागि सहकारीको योगदान हुने बताउँदै त्यो काम पाथीभरा सहकारीले गरेकोमा खुशी व्यक्त गरे । साधारणसभाको अवसरमा पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सम्वृद्धिका लागि गरेको योगदानको चर्चा गर्दै प्रगतिको शुभकामना व्यक्त गरे । 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका राजु पोखरेलले सहकारीले विद्युत प्राधिकरणलाई सघाउँदै सहकारीबाटै विद्युत महशुल तिर्ने नीति लिएको प्रति खुशी व्यक्त गरे । पोखरेलले यो सहकार्यले सहकारी र प्राधिकरणबीचको सम्बन्ध बढाएको बताउँदै सहकारी आफ्ना सदस्यको हितका लागि कार्य गर्न तयार भएकोमा प्रशंसा गरे । उनले सहकारीको अब्बलताकै कारण बाह्रौ वर्षौसम्म प्रगति पथमा लागेकोमा शुभकामना व्यक्त गरे । पालुङ बहुउद्देश्यीय सकारी संस्थाका अध्यक्ष विमलकुमार ढकालले देश विकासमा सहकारीहरुको योगदान रहेकोले एक अर्को सहकारीबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । सहकारीहरु स्थानीय तह अन्तर्गत नै रहने भएकोले ति निकायहरुसंग पनि सहकार्य गर्न सकिने बताए । थाहामा सहकारी–सहकारी बीचको लगानीबाट पनि काम गर्न सकिने सहकारी ऐन निर्माण भएकोले त्यसतर्फ पनि अब योजनावद्ध रुपमा लाग्नूपर्ने बताए । 

मत्स्य नारायण माविका प्रधानाध्यापक विष्णुहरि ढकालले पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक विकासमा पु¥याएको योगदानको चर्चा गरे । उनले शेयर सदस्यका बालबालिकाको साथसाथै सहकारीको प्रभाव क्षेत्रका विद्यालयमा अध्ययनरत् बालबालिकालाई पनि छात्रवृत्तिको व्यवस्था गरी शैक्षिक विकासमा योगदान गर्न आग्रह गरे । उनले सहकारी मध्येको पाथीभरा बचत तथा ऋण सहकारी संस्था सफल सहकारीको रुपमा स्थापित भएकोमा शुभकामना दिए । सहकारीको प्रवद्र्धनका लागि संचारमाध्यमले सक्दो सघाउने विकास खबरपत्रिका साप्ताहिकका सम्पादक कुमार नेगीले बताए । साधारण सभामा सम्पादक नेगीले सहकारीसंगको सहकार्यमा सहकारीबाट ऋण लिएर गरेको प्रगति, राम्रो बचत गरेको, उद्यमी भएकोलगायतको विषयमा सफलताको कथा प्रकाशन गरी सहकारीसंग सहकार्य गर्न तयार रहेको बताए । नेगीले भने–‘यसका लागि पाथीभरा सहकारी तयारी हुनुपर्छ, हामी तयार छौं ।’ उनले समुदायमा पाथीरभरा बचत तथा ऋण सहकारी संस्थाले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

त्रिपन्न लाख २३ हजार आठसय शेयर पुँजी रहेको पाथीभरा सहकारीले आर्थिक वर्ष २०७४-०७५ मा मात्रै १९ लाख ६६ हजार छसय रुपियाँ वृद्धि गरी ७२ लाख ९० हजार ४ सय पु¥याएको अध्यक्ष अर्जुन बहादुर कार्कीले सभामा पेश गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी संस्थाको कोष हिसाब ७० लाख  २४ हजार ६०६ रुपियाँ पुगेको छ । पाथीभराले आर्थिक वर्ष ०७४-०७५ मा आठ करोड ४१ हजार ८०५ रुपियाँ कारोबार गरेको छ ।  संस्थामा एक हजार ५४८ शेयर सदस्य छन् । 

संस्थाका अध्यक्ष अर्जुन बहादुर कार्कीको सभाध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष कार्की, सचिव रामकुमार कार्की र कोषाध्यक्ष देवकृष्ण श्रेष्ठको प्रतिवेदन पारित भएको छ । सभामा अतिथि तथा शेयर सदस्यहरुलाई संस्थाका सचिव रामकुमार कार्कीले स्वागत गरेका थिए । 

पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला उत्थान, ज्येष्ठ सदस्य सम्मान, हितकोष कार्यक्रम, शैक्षिक क्षेत्रमा लगानी, सामुदायिक खेती प्रणालीको व्यवस्था, सीप विकास तालीम लगायतका शेयर सदस्य केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आएको व्यवस्थापक राजाराम कार्कीले जानकारी दिए । सहकारीले स्थापना गरेको विभिन्न कोषहरु मार्फत अरु थप कार्यक्रमहरु समेत संचालन गर्ने नीति लिएको १२ औं साधारण सभामा पारित प्रतिवेदनमा उल्लेख छ । 

साधारणसभामा हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष माधव कार्की, महालक्ष्मी विकास बैंक पालुङकी प्रबन्धक संगिता श्रेष्ठ, थाहानगर कार्यपालिका सदस्य जानुका ढकाल, थाहा–२ का वडा सदस्य बम बहादुर सिन्तान, विष्णु बहादुर थापा, विकास खबरपत्रिकाका प्रकाशक सुरजकुमार भुजेल, पूर्व अध्यक्षहरु जीवन बस्नेत, गोविन्द बहादुर कार्की, नवराज विष्ट, लाली गुराँस महिला सहकारी संस्थाकी तुलसा बस्नेत लगायतकाको आतिथ्यता रहेको थियो ।

सभामा सक्षमलाई सम्मान 

पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारण सभाको अवसरमा विविध क्षेत्रमा शेयर सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले दैनिक बचत कारोबार तर्फ थाहा–२ पालुङका जनक श्रेष्ठ, फाँटबजारका रामकाजी कार्की र थाहा–२ अंगारेकी कमला के.सी. सम्मानित भएका छन् । ऋण कारोबारतर्फ थाहा–१ ओखर बजार सरोजमुनी शाक्य र थाहा–२ सोल्टुका विजय थापा सम्मानित भएका छन् । 

संस्थाले बचत कारोबार तर्फ थाहा–७ देउखेलका मिलन तितुङ र रेमिटेन्स तर्फ थाहा–७ चिसापानीकै पदम बहादुर थिङ सम्मानित भएका छन् । ५ वर्ष कार्यकाल पार गरेकी सहकारीकी समूह संचालक सिता कार्की सम्मानित भएकी छिन् । 
 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)