nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आफ्नै सूचनाबाट थाहा नगरपालिका ‘ब्याक’, यसरी आयो शिक्षा शाखाको स्पष्टीकरण

sssssletter-1631890735.jpg

थाहा नगरपालिका शिक्षा शाखाले गत २९ भदौमा विद्यार्थी भर्नासम्बन्धमा नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुका लागि जारी गरेको सूचनाबाट ‘ब्याक’ भएको छ । शिक्षा शाखाले सामाजिक सञ्जालमार्फत् जारी गरेको सूचनाको सामाजिक सञ्जालमै चर्को विरोध भएको थियो । त्यसपछि विभिन्न संघसंगठनले शुक्रबार नगरकार्यपालिका पुगेर ध्यानाकर्षपत्र बुझाउँदै तत्काल उक्त सूचना सच्याउन र संस्थागत विद्यालयले विद्यार्थीसँग लिने शुल्क असुली प्रकरण नगरपालिका प्रवेश नगर्न चेतावनी दिएका थिए । 

सो सूचना सच्याउन र नेपालको संविधान तथा प्रचलित ऐन÷नियम अनुसार बालबालिकाको शिक्षा सुनिश्चित गर्नमा मात्र नगरपालिकाको ध्यान जान चौतर्फी दबाव  भएपछि नगरपालिका आफ्नै सूचनाबाट ‘ब्याक’ भएको हो । नगरपालिकाको शिक्षा शाखाले सामाजिक सञ्जालमार्फत् शुक्रबार साँझ जारी गरेको ‘स्पष्ट पारिएको सम्बन्धमा’ विषयको सूचनामा आर्थिक लेनदेनको विषय संस्थागत विद्यालयको व्यवस्थापन र अभिभावकबीचको आन्तरिक विषय भएकोले  नगर शिक्षा शाखाको क्षेत्राधिकारभित्र नपरेको स्पष्ट परिएको छ । सो शाखाले त्यसरी आफ्नो क्षेत्राधिकारभित्र नपरेको विषयमा निर्देशन दिन नपर्ने सूचनामा जनाएको छ । 

२८ भदौमा नगर शिक्षा शाखाले थाहानगर प्याब्सनको पत्रलाई आधार बनाई ‘पुरानो विद्यालयमा अध्ययनरत रहँदाको बक्यौता बाँकी राखी अन्य विद्यालयमा गएकोले संस्थागत विद्यालयलाई समस्या परेकोले स्थानान्तरण पत्रबेगर भर्ना नगर्न’ भन्ने आशयको सूचना जारी गरेको थियो । सो सूचनाबाट आम थाहानगरबासीमा ‘द्विविधा सिर्जना भएको’ शिक्षा शाखाले स्वीकारेको छ । सो निर्देनबाट नगरपालिकाले संस्थागत विद्यालयको पक्षपोषण गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । 

शुक्रबार जारी स्पष्टीकरणसम्बन्धी सूचनाको दोस्रो बुँदामा शिक्षा शाखाले प्रचलित शिक्षा ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम स्थानान्तरण प्रमाण पत्र लिएर भर्ना गराउन निर्देशन दिइएको छ । 

स्पष्टीकरण पत्रमा शिक्षा शाखाको २८ भदौको निर्देशनलाई सामाजिक सञ्जालमा फरकफरक ढंगले बुझाउनेगरी टीकाटिप्पणी भएको र शुक्रबार राजनीतिक दलका प्रतिनिधि, भातृ संघसंगठनहरु र स्वतन्त्र युवा सञ्जाललेसमेत असन्तुष्टि जनाउँदै ध्यानाकर्षण पत्र बुझाएकोमा द्विविधालाई स्पष्ट पारेको जनाइएको छ ।

 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

sssssletter-1631890743.jpg