Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ, विष्णुज्योति प्रथम

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा अवस्थित महेन्द्र आधारभूत विद्यालय पदमपोखरीमा शुक्रबार आयोजित आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा –१२ भोर्लेको विष्णुज्योति आधारभूत विद्यालय प्रथम भएको छ । विद्यालयको समूहमा रेश्मा ढकाल र सफल श्रेष्ठ थिए ।

त्यस्तै प्रतियोगितामा प्रतिभा आधारभूत विद्यालय सिग्रेनी द्वित्तिय भएको छ । विद्यालयको समूहमा सचिता तितुङ र सुनिता ढकाल सहभागी थिए । प्रतियोगितामा हेटौँडा १२ हात्तिगौँडाको बुद्ध मावि तृतिय भएको छ । समूहमा अशोक घलान र विपना थोकर सहभागि थिए ।

प्लान ईन्टरनेशनल मकवानपुरको आर्थिक सहयोगमा बालअधिकार  तथा महिला विकास केन्द्र पदमपोखरीको आयोजनामा प्रतियोगिता भएको केन्द्रका अध्यक्ष रामहरी पोखरेलले जानकारी दिए । कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख कृष्णमाया लटौँलाको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य शंकरबहादुर थिङको अध्यक्षतामा भएको हो । प्रतियोगितमा ६ सामुदायिक विद्यालयबाट १२ जना सहभागी भएका थिए ।

त्यस्तै बिहीबार सम्पन्न बसामाडी आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफमा बाराही आधारभूत विद्यालय, हेटौँडा १ लालझाडीका आशिका अधिकारी र सुमन लामा प्रथम भएका छन् । त्यस्तै महेन्द्र किरण मावि बसामाडीकिा समिक्षा कार्की र अनोज अधिकारी द्वित्तिय तथा बाल उज्वल मावि लेवटका आशिका जमकटेल र आश्मा थिङ तृतिय भएका थिए ।

५ विद्यालय सहभागी प्रतियोगिता महेन्द्र किरण माविमा भएको हो । कार्यक्रम विद्यालयकी प्रधानाध्यापक प्रतिमा गौतमको अध्यक्षतामा भएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०