Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज हुने यसवर्षको महाचुनी जात्रा भिँड रहित हुने

jatra-1588299240.jpg

हरेक बर्ष झै यस बर्ष पनि आज शुक्रबार महाचुनी जात्रा मनाइने भएको छ । तर कोरोना भाइरस (कोभिड १९) कारण देशभर लकडाउन भैरहेका कारण यसपाली भने सामाजिक दुरी कायम गर्दै भिँड रहित तरिकाले जात्रा मनाइने भएको छ । यसयर्ष सामान्य रुपमा नित्य पुजा गरी महाचुनी जात्रा मनाउने तयारी गरेको महचुनी महालक्ष्मी नाटेश्वरी गुठी इन्द्रसरोवर ५ खड्बुका ठकाली जनकलाल बलामीले बताउनु भयो । जात्रामा यसपाली रथ यात्रा नलाने, बाजाहरु नबजाउने र जनमानसको जमात नगरी सामाजिक दुरी कायम गर्दै हातमा नै देवताको मुर्ती लगेर पुजा गर्ने योजना रहेको महाचुनी महालक्ष्मी गुठी थाहा नगरपालिका ९ कपुुगाउँका ठकाली श्याम बलामीले बताउनु हुन्छ । 

आज हुने जात्राको लागि हिजो मन्दिर परिसरमा सरसफाइ गरिएको थियो । महाचुनी मन्दिर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ र थाहा नगरपालिका वडा नं ९ चित्लाङ कपुुगाउँको सिमानामा रहेको छ । सिमानाको जङ्गलमा रहेको मन्दिरमा खड्बु र कपुगाउँमा रहेका नेवारी सम्प्रदायका गुठी परिवारले १÷१ वटा रथ यात्रा गरि हरेक बर्ष यो जात्रा मनाउने गर्दै आएको थियो । दुबै गाउँबाट ल्याएको रथ दिनभर मन्दिरमा राखेर जात्रा मनाए पछि दुबै समुदायका मानिसहरु आआफ्नो गुठी अनुसार पुजा सम्पन्न गरि रथ यात्रा गरि फर्किने परम्परा रहिआएको छ ।  
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।