Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज थाहानगरमा राष्ट्रपति आउने

Bidhya-1517712004.jpg

जनकल्याण माद्यामिक विद्यालयको स्वर्ण जयन्ती समारोह उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी थाहानगरमा आउने हुनु भएको छ ।  थाहानगर स्थित जनकल्याण माद्यामिक विद्यालयका परिसरमा हुने स्वर्ण बर्ष समारोहको उत्घाटन राष्ट्रपति भण्डारीद्धारा उद्घाटन गर्ने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिबकुमार स्याङतानले जानकारी दिनु भयो ।

बिहान १०ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारी थाहा नगरमा आाउनुहुने समय र ११ः३० मा फर्किने समय निर्धारण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जनकल्याण माबिको कृषि ल्याबको उत्घाटन गर्ने , स्वर्ण महोत्सबको स्तम्भ उत्घाटन गर्ने, थाहा नगरपालिकामा नगरप्रमुख द्धारा अभिनन्दन गर्ने र जनकल्याण माबिले बिध्यालयबाट अभिनन्दन सहित मायाको चिनो प्रदन गर्दै बिदाइ गरिने कार्यक्रम रहेको छ । भोली हुने कार्यत्रमको लागि स्तम्भ निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ ।

यही १५ गतेबाट सुरु भएको जनकल्याण माद्यामिक विद्यालयको राष्ट्रपतिले स्वर्ण बर्ष समारोहको उत्घाटन गरे पछि भोली २१ गते सप्ताहब्यापी कार्यक्रम सकिने जनाइएको छ । विद्यालयले स्वर्ण जयन्ती कार्यक्रम समापनको लागि बिध्यालय भित्रको क्षेत्रमा सरसफाइ, सजावत र कडा सुरक्षा गर्ने तयारी गरेको छ । साथै भोली सम्पुर्ण बिध्यार्थी, अभिभावक, शिक्षक, राजनितिज्ञ, बुद्धिजिवि, पुर्व बिध्यार्थी लगायत सम्पुर्ण सरोकारवालाहरुलाइ १० बजे नै बिध्यालयमा उपस्थित हुनको लागि बिध्यालयका प्रद्यानाध्यापक सानोभाइ कार्कीले अनुरोध समेत गर्नुभएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०