nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

rashiphal-1615251195.jpg

वि.सं. २०७७ साल फागुन २५ गते । मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुण कृष्णपक्ष । तिथि–एकादशी, २४ घडी ५७ पला,  बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तराषाढा, ३८ घडी ५६ पला, बेलुकी ०९ बजेर ५७ मिनेट उप्रान्त श्रवण । योग–वरियान, १८ घडी ०९ पला, दिउँसो ०१ बजेर ३८ मिनेट उप्रान्त परिध । करण– बालव, बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त कौलव, रातको ०३ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर ।


काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान २९ घडी २४ पला । विजया एकादशी ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साङ्गीतिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीतिनिर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुनेहुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।


वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ । मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । नीतिनिर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीहरुबाट आलोचना खप्नुपर्नेछ  ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दामामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटनसम्बन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने  हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । सत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुशीले उचाइ नाघ्नेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहेला भन्न सकिन्न । माया प्रेममा अविश्वास बढ्ने तथा पतिपत्नी बीच एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेटसम्बन्धी समस्या नआउला भन्न सकिन्न ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाइलेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनु होला, आलोचना गर्नेहरु सक्रिय रहनेछन् । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि कृषि पेशा अपनाउनेहरुले मनग्य रुपैया पैसा सङ्ग्रह गर्न सक्नेछन् ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) मुद्दामामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दूरीको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे) पढाइ लेखाइमा खासै ध्यान नजाँदा विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला, आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने पतिपत्नीबीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पदप्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइलेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकाले मन प्रशन्न हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईंदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला । मायाप्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछिपरेको भान हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । तरल पदार्थ जस्तै हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारीसाधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

तपाईं दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी